केडाह ((मलेसिया): मलेसियाको सडक यातायात विभाग (JPJ) केदाहले जित्रास्थित सी–मार्ट (C-Mart) क्षेत्र वरिपरि सञ्चालन गरेको विदेशी चालक विशेष अपरेशन (PeWA) अन्तर्गत १६० वटा समन जारी गर्नुका साथै १८ वटा मोटरसाइकल जफत गरेको छ।
JPJ का अनुसार अपरेशनका क्रममा वैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना सवारी चलाउने, रोड ट्याक्स अवधि सकिएको, बीमा (इन्स्योरेन्स) नभएको तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन भएका घटनाहरू फेला परेका थिए।
कारबाहीमा परेका अधिकांश व्यक्ति रोहिङ्ग्या मूलका विदेशी नागरिक रहेको बताइएको छ। उनीहरूले प्रयोग गरिरहेका मोटरसाइकलहरू मालिकको अनुमति लिएर चलाएको दाबी गरेका छन्।
JPJ केदाहले सबै सडक प्रयोगकर्ताले प्रचलित कानुनको पालना गर्नुपर्ने भन्दै सडक सुरक्षा तथा कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न यस्ता अपरेशनहरू आगामी दिनमा अझ कडाइका साथ जारी रहने चेतावनी दिएको छ।
स्रोत: केदाह राज्य JPJ प्रवर्तन विभाग




















