सिजी कामना फिल्म अवार्डस् २०७६ : उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं । सिने मासिक कामनाले आयोजना गर्दै आएको ‘कामना फिल्म अवार्ड्स’ यस वर्ष पनि हुने भएको छ । यसका साथै आयोजक टिमले ०७६ को उत्कृष्ट ५ मनोनयन सूची पनि सर्वाजनिक गरिएको छ ।

प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूची सार्वजनिक गरिएको हो । सर्वोत्कृष्ट चलचित्र विधामा ‘छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइली’ बीच भिडन्त हुने भएको छ भने सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ ।

यो विधामा विपिन २ चलचित्रबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृट अभिनेत्रीमा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन् ।

मनोनयन सूचीमा चलचित्र नाई नभन्नु ल ५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ । यो चलचित्र सर्वोत्कृष्ट चलचित्र, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र शृंगार विधाको मनोनयनमा परेको छ । यो एउटै चलचित्रबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका छन् भने अनुभव भैरेबाट पनि मनोनयमा छन् । 

त्यसैगरी चलचित्र छक्का पञ्जा ३ र डमरुको डण्डीबियो १२÷१२ विधाको मनोनयमा परेको छ । छक्का पञ्जा ३ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ । यो चलचित्रबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन् । 

त्यसै गरी डमरुको डण्डीबियो सर्वोत्कृष्ट चलचित्र, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र शृंगार विधाको मनोनयमा परेको छ । यो चलचित्रबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन् । त्यस्तै चलचित्र साइली ११ र प्रसाद १० विधाको मनोनयमा परेका छन् । चलचित्र भिलेन ८ र यात्रा ७ विधाको मनोनयमा छ । 

त्यसैगरी चक्कर, सय कडा दश र बोबी ६÷६ विधाको मनोनयनमा परेका छन् । त्यस्तै ए मेरो हजुर ३, भैरे र बाँध मायाले ५÷५ विधाको मनोनयमा छन् । त्यसै गरी चलचित्र रामकहानी र जानी नजानी ४÷४ विधाको मनोयनमा छन् । त्यस्तै रणविर र कथा काठमाडौं ३÷३ तथा गोपी र अनुराग २÷२ विधाको मनोनयमा छन् । त्यसै गरी कोहलपुर एक्स्प्रेस र चंगा १÷१ विधाको मनोनयमा छन् । 

आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा एसएमएस भोटको समेत व्यवस्था गरिएको छ ।