आइ एम ट्वान्टी वानमा जसिता र धीरज

काठमाडौं । रेनशा बान्तवा राईले निर्देशन गर्ने भनिएको नयाँ चलचित्र ‘आइ एम ट्वान्टी वान’मा नायक धीरज राईको जोडीको रूपमा नायिका जसिता गुरुङ देखिने भएकी छन् । धीरज भने ‘आइ एम ट्वान्टी वान’मा चलचित्र घोषणादेखि नै चुनिएका थिए । 

निर्देशक रेनशाका अनुसार चलचित्र लभस्टोरी जनरामा निर्माण हुनेछ । तिहारपछि चलचित्रको छायांकन सुरु हुने बताइएको चलचित्रमा धीरज र जसिताको कमेष्ट्री जबरजस्त जम्ने अनुमान गर्न सकिन्छ ।