मित्रताका लक्षणहरू

सहयोगी विचार मित्रताको पहिलो गुण हो । घमण्ड, रिस, क्रोध, इष्र्या, वैमनस्यतालाई त्याग गर्नाले मित्रहरू वृद्धि हुन्छन् । साथीसंगीबाट विचार पैदा हुन्छ । संगति कुवा हो जसबाट विचाररूपी जलप्रवाह हुन जान्छ । विचाररूपी जलको स्रोत भनेको संगतिरूपी कुवा हो, मुहान हो । मित्र त्यस्तो होस् जसले अवनतिमा पनि साथ देओस् । उन्नतिमा त सबैले साथ दिन सक्छन् तर अवनतिमा पनि ढाड्स दिने मित्र असल मित्र हो । 

मित्र त्यस्तो होस् जसमा जलन नहोस् । मित्रको उदयमा जलन हुनेसँग मित्रता गाँस्नु बेकार हुन्छ । मित्र सकेसम्म रंग, रूप मिलेको होस्, सुन्दर होस् । तर, कुरूप भए पनि विचार राम्रो भयो भने त्यो असल मित्र हुनसक्छ । मित्र त्यस्तो हुनुपर्छ जसको बोलीमा स्पष्टता होस्, मधुरता होस्, क्षमाशील होस्, ईष्र्यारहित होस् । स्मरण शक्ति तीव्र रहोस् । तिखो बुद्धिको होस्, सोच सकारात्मक होस् । शान्त होस्, धीर र वीर होस् । कर्मशील होस्, धर्मानुरागी होस्, धार्मिक मित्रले खराब गर्दैन । मानमा नमात्तियोस् । अपमानमा न आत्तियोस् । धैर्य नगुमाओेस् । 

मित्र दयालु होस्, साथमा कुशलता होस् । हृदयमा प्रवलता होस् । मनमा पवित्रता होस् । कामनाले रहित होस्, निष्काम भावको होस्, बदला लिने भावले काम गरेको नहोस् । भयरहित होस् । सन्त्रासरहित होस् । लोभरहति होस् । क्रोध पटक्कै नगरोस्, वर्गलाई कहिल्यै नछोडोस् । धर्मलाई रत्तिभर बिचलित नगराओस् । कार्यमा त्रुटि हुन नदेओस्, धैर्य र साहसी होस्, सभ्य, परिवेशअनुसार कुराकानी गर्न सक्ने होस्, परिस्थितिलाई बुभ्mने होस्, समयको महŒवलाई बुभ्mन सक्ने होस् । समय बलवान् छ ।

त्यसैले मित्र समयसँग हिँड्न सक्ने होस् । अतितको भुँमरीमा नतड्पिने होस् । ऊ भविष्यको उज्यालो चाहने होस् । वर्तमानमा स्वर्ग देख्ने होस् । कोरा कल्पनाभन्दा उसले यथार्थ र सहज हुन सिकेको होस् । जुनसुकै परिवेशलाई आत्मसात् गर्ने होस् । कर्तव्य र अकर्तव्यको बोध गर्ने होस् । 

मित्र त्यस्तो होस् जसले आफन्तको अपमानलाई आप्mनै अपमान सम्झन सकोस् । पाण्डव र कौरव दुई पृथक स्वभावका थिए । वैरभाव थियो परन्तु दुर्योधनको बेइज्जतीमा आप्mनो बेइज्जती सम्झन्थे युधिष्ठिर । कारण बाहिरकाले बेइज्जती गरेमा पाण्डव र कौरव फरक होइनन् एकै कुलका हुन् । यो बेइज्जती हाम्रो पनि बेइज्जती हो भन्थे युधिष्ठिर । मित्र त्यस्ता हुन् जसले उदासीन र कायर भावलाई मनमा आउनै नदेओस् । स्पूmर्ति, जाँगर, उत्साह र धैर्यलाई आत्मबलको रूपमा आत्मसात् गरोस् । 

मित्र धार्मिक होस् । अधार्मिकबाट अशान्ति हुन्छ । अशान्ति मन, तन र समग्रमा समाजदेखि राष्ट्रसम्म हुनसक्छ । मित्र त्यस्तो होस् समयमा खानपान गर्ने होस्, सात्विक आहार गर्ने होस् । हिंसामा विश्वास नगरोस् । हरेक कार्यलाई कुशलता र दक्षतापूर्वक सम्पन्न गर्न सकोस् । पूर्वकार्यमा अग्रसर होस् । नैतिक र शिक्षाप्रद ज्ञान दिनसक्ने र लिन सक्ने होस् । ध्यानपूर्वक अरूको कुरा सुनोस् । प्रमाण, तर्क र युक्तिसंगत वार्तालाप गर्ने साहसिलो होस् । शालीनताको व्यवहार गर्ने खालको होस्, नियमित व्यायाम गर्ने होस् । असल मित्रले आप्mनो र आप्mना मित्रको पनि सहज उद्धार गरिराखेको हुन्छ । 

जन्म मृत्यु व्यक्तिको एक्लै हुन्छ र पनि व्यक्तिलाई मित्रताको खाँचो पर्छ । जन्म र मृत्युबाहेक अरू बेला व्यक्ति एक्लै बाँच्नै सक्तैन । परिवार, समाज, साथी, मित्र, आफन्त आदि उसका वरिपरि भइरहन्छन् । धेरै जनासँगको आत्मीय सम्बन्धबाटै व्यक्तिले आप्mनो आत्मोन्नति गर्न सकेको हुन्छ । विकास पथमा अग्रणी भूमिका निर्वाह गर्न सकेको हुन्छ । मित्र धेरै हुन्छन् तर परम मित्र कम हुन्छन् । परम मित्र एकै हुन्छ त्यो हो परमात्मा । आत्माको मित्र परमात्मा हो । परमेश्वर पनि त्यही हो । अरूबेला मित्रहरूले सुखको बेला मात्र साथ दिन सक्छन् तर परमात्माले चाहिँ सुख र दुःख दुवै क्षणमा साथ दिइराखेको हुन्छ ।

दुवै अवस्थामा साथ दिने मित्र वास्तवमा परम मित्र हो । गुरु पनि त्यही हो, ज्ञान पनि त्यही, आत्मज्ञान पनि त्यही हो । सामान्यतया मित्रहरूलाई कृत्रिम मित्र, सहयोगी मित्र र पुख्र्यौली मित्र भनेर वर्गीकरण गर्न सकिन्छ । कृत्रिम मित्र पनि धनमा साथ दिने र धन नपाउँदा साथ नदिने सामान्य मित्र र सर्त राखेर मात्र सहयोग गर्ने, प्राप्त धन बाँडफाँट गर्न चाहने र आप्mनो चाहना पूरा नभए झगडा गर्ने खालको वा मध्यम मित्र गरी दुई प्रकारका हुन्छन् । सहयोगी मित्र वंशपरम्परागत रक्तसम्बन्धको साथी हुन् । यस्ता मित्र घनिष्ट मित्र हुन् । 

पुख्र्यौली मित्र पनि नाता कुटुम्ब वा विशिष्ट मित्र र आत्मिक सम्बन्ध गाँसिन पुगेका, भजन कीर्तनमा भेटिएका, अनुष्ठानका साथीहरू जोसँग कुनै लेनदेन छैन गरी दुई प्रकारका हुन्छन् । यस्ता मित्रहरू सर्वश्रेष्ठ मित्र हुन् । 

हामीले असल मित्रको पहिचान गर्न सक्नुपर्छ । यस्ता मित्रका असल गुण ग्राहृय हुन्छन् । असल मित्रको पहिचान यसरी गर्न सकिन्छ ः

उसले परमात्मामा विश्वास राखेका आधारमा, धनको मोहमा गर्छ कि गर्दैन त्यस आधारमा, अभाव, दुःख, कष्टमा कति साथ दिन्छ, संकटको घडीमा कति नजिक हुन्छ भन्ने आधारमा, मित्रको उदय, उन्नतिमा कत्तिको खुशी व्यक्त गर्नसक्छ भन्ने आधारमा दुःखमा कत्तिको साथ दिन्छ, कति ढाड्स दिन्छ, कति प्रेरणा र हौसला दिन्छ भन्ने आधारमा, स्वार्थमा कुराहरू कति गर्छ र सर्त कति राख्छ भन्ने आधारमा, लिने कुराहरू कत्तिको गर्छ र दिने कुराहरू व्यवहारतः गर्छ कि बोलीले मात्र भन्ने आधारमा । यसरी उपरोक्त मुख्य भावका बुँदाहरूबाट असल मित्रको पहिचान गर्न सकिन्छ ।