काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले समय दिएको छ । चिववन अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो ।
प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
‘ सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलासले म्याद थप गरेको हो ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार साँझ काठमाडौंबाट पत्रकार रवि लामिछानेसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरुलाई आज जिल्ला अदालत चितवनमा पेस गरिएको थियो ।
पत्रकार पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए ।




















