पेजेन्ट नेपाल इन्टरनेशनलले आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’मा नेपालको फेसन तथा मोडलिङ क्षेत्रमा योगदान पु¥याउने उत्कृष्ट व्यक्तित्वलाई विभिन्न चार दर्जनभन्दा बढी विधामा पुरस्कृत गरिएको छ ।
समारोहमा मिस नेपाल २०१८ शृंखला खतिवडाले पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितिन् । यस्तै मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् । गीत, संगीत, नृत्यसहितको उक्त रमाइलो समारोहमा एमाजन इन्टरटेन्मेन्टले वेष्ट इभेन्ट अर्गनाइजरको अवार्ड जित्यो भने रोजिन शाक्यले वेष्ट पिजेन्ट एमसीको अवार्ड जिते ।
कमल खतिवडाले वेष्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले वेष्ट इभेन्ट मेनेजरको अवार्ड जिते । रमेश श्रेष्ठले वेष्ट सेट डिजाइनरको अवार्ड जित्दा काष्टमण्डप टेलिभिजनले भने वेष्ट पेजेन्ट टिभी च्यानलको अवार्ड जित्न सफल भयो । समारोहमा साप्ताहिकका वरिष्ठ उपसम्पादक कृष्ण भट्टराईले भने वेष्ट फेसन जर्नालिष्टको अवार्ड जित्न सफल भए ।




















