क्वालालम्पुर (मलेसिया):= नेकपा (एमाले) निकट प्रवास संगठन “प्रवासी नेपाली मञ्च” राष्ट्रिय कमिटी मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खगेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अक्टोबर ११ आइतबारको दिन क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनको आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। अधिवेशन कार्यक्रमको प्रमुख अतिथिमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं पूर्वी एसिया इन्चार्ज डा. सूर्य पाठक रहनु भएको थियो , भने कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष दयाराम कुमालले गर्नुभएको थियो ।

कार्यक्रममा मञ्च मलेसियाका पुर्व अध्यक्ष शेरबहादुर गुरुङ , नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेकबहादुर टमटा , तामाङ घेदुङ मलेसियाका महासचिव सञ्जीव तामाङ, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बू, किरात याक्थुम चुम्लुङ मलेसिया अध्यक्ष दिल केरुङ लिम्बुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। नयाँ नेतृत्व चयनसँगै प्रवासी नेपाली मञ्च मलेसियाले संगठनलाई थप गतिशील बनाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका हकहित, अधिकार र समस्यालाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमिति
- अध्यक्ष : खगेन्द्र श्रेष्ठ
- उपाध्यक्ष : मोहन घिमिरे
- सचिव : राजु पहारी
- सहसचिव : सबिता तामाङ
- सहसचिव : सबिन लोप्चन तामाङ
- सदस्य : ईश्वर जोशी
- सदस्य : मातृका खतिवडा
- सदस्य : टोपनारायण भण्डारी
- सदस्य : लेखबहादुर खत्री
- सदस्य : धनलाल पुन
- सदस्य : रनबहादुर बुढा
- सदस्य : विष्णु चौधरी
- सदस्य : रुद्र बिक
- सदस्य : सुमित याक्खा
- सदस्य : भरत केदेम
- सदस्य : देवकुमार न्यौपाने
- सदस्य : राम साउद क्षेत्री





















