हङ्कङमा चीन झन् कडा बन्दै

चीनले ‘आगोसँग खेल्ने प्रयासले आफैंलाई जलाउने’ भन्दै हङ्कङका प्रदर्शनकारीलाई कडा चेतावनी दिएको छ । हङ्कङस्थित चीनको कार्यालयले प्रदर्शनकारीलाई केन्द्रीय सरकारको संयमलाई कम नआँक्न भनेको छ । हङ्कङमा लगातार नौ सातादेखि सरकारविरोधी प्रदर्शन भइरहेका छन् । 

सोमवार आहृवान गरिएको हड्तालको कारण हङ्कङका दुई सय उडानहरू रद्द भएका थिए । प्रदर्शनकारीले प्रहरी ज्यादतीको आरोपको निष्पक्ष छानविन, प्रजातान्त्रिक सुधार र नेता क्यारी लामको राजीनामा माग गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीहरूसँग मुठभेड भएका र त्यसले हङ्कङका बासिन्दाका लागि स्वतन्त्रताको महŒव दर्शाउँदै बेइजिङका लागि चुनौती खडा गरेको बताइएको छ । 

विगतमा ब्रिटिश नियन्त्रणमा रहेको हङ्कङ चीनको अंग भए पनि त्यहाँ चीनमाभन्दा बढी स्वतन्त्रता छ । ‘कट्टरपन्थी प्रदर्शनहरूले’ हङ्कङलाई ‘धेरै खतरनाक अवस्थाको नजिक’ पु¥याएको हङ्कङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ गुयाङले बताएका छन् । उनले प्रदर्शनकारीलाई संयमतालाई कमजोरी नसम्झन चेतावनी दिए । उनले लामलाई राजीनामा गराउने प्रयासले कहिँ नपु¥याउने भन्दै प्रदर्शनले हङ्कङको अर्थतन्त्रमा गम्भीर असर पु¥याएको बताए । 

यो चीनले प्रदर्शन सुरु भएयता जारी गरेको सबैभन्दा कडा चेतावनी हो । सो कार्यालयले हङ्कङमा विरलै पत्रकार सम्मेलन गर्ने भए पनि यो हप्ता दुईपटक पत्रकारहरूसँग भेटघाट गरिसकेको छ । याङले कट्टरपन्थी र हिंसात्सक शक्तिले नेतृत्व गरेको प्रदर्शनमा केही गलत बुझेका तर गलत गर्न नचाहने नागरिकहरू पनि परेको बताएका छन् । 

उनले दक्षिणका चीनविरोधी शक्तिले अशान्तिलाई प्रोत्साहन गरिरहेको बताउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले प्रदर्शनलाई दर्शनयोग्य भनेको र ब्रिटिश विदेशमन्त्री जेरमी हन्टले प्रहरीले गरेको शक्ति प्रयोगको छानबिन हुनुपर्ने भनेको उदाहरण दिए । पहिला ब्रिटेनको उपनिवेश रहेको हङ्कङको आफ्नै कानुनी र न्यायिक प्रणाली छन् । वैदेशिक र रक्षा मामिला बाहेकमा चिनियाँ सरकारले हङ्कङमा ‘उच्च कोटीको स्वायत्तता’ रहने प्रतिबद्धता जनाएको छ । 

चिनियाँ जनमुक्ति सेनाका टुकडीहरू हङ्कङमा छन् । तर स्थानीय विषयमा उनीहरूको हस्तक्षेपको अपेक्षा गरिँदैन । तर कानुनले हङ्कङ सरकारलाई सार्वजनिक सुव्यवस्था कायम राख्न वा विपद्मा राहतको निम्ति जनमुक्ति सेनाको सहयोगको निम्ति उसलाई आग्रह गर्न अनुमति दिएको छ । 

गत साता चीनका रक्षा मन्त्रालयका प्रवक्ताले चीनको सम्पर्क कार्यालयमा आक्रमण गर्ने प्रदर्शनकारीको निन्दा गरेका थिए र हङ्कङका नेताहरूले सेनाको सहयोग माग्न सक्ने ‘स्पष्ट प्रावधान’ रहेको बताएका थिए ।

कैयौं टिप्पणीकारले हङ्कङमा आफ्नो टुकडीहरूको प्रयोगको निम्ति तयार हुनु चीनका लागि राजनीतिक रूपमा निकै जोखिमपूर्ण हुने तर्क गरिरहेका बेला हालैका हप्ताहरूमा हङ्कङको सरकार र प्रहरीले सेना परिचालन गर्ने आफ्नो कुनै योजना नभएको प्रष्ट पारेका छन् । मुख्यभूमि चीन, ताइवान र मकाउबाट आपराधिक सुपुर्दगीको अनुरोध आएमा हङ्कङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको एक विधेयक संसद्मा प्रस्तुत भएपछि विरोध सुरु भएको थियो । 

ताइवानमा बिदा मनाउन गएका बेला हङ्कङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो । प्रदर्शनपछि सो विधेयक स्थगित भइसकेको छ तर प्रदर्शन रोकिने छाँटकाँट छैन ।