काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसहित ३ नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
स्रोतका अनुसार उनीहरु मैतिदेवीबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकर गुरुङ, डम्बरबहादुर विक र उमा गुरुङ छन् । उनीहरु मध्ये डम्बरबहादुर केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
विक सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता भएको बताइन्छ । मकर पार्टीका वैकल्पिक केन्द्रीय सदस्य हुन् भने उमा तमुमुक्ति मोर्चाको पूर्वकेन्द्रीय सदस्य हुन् ।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विप्लव समूहका नेता जीवन कार्कीलाई रिहा गरेको थियो ।



















