कांग्रेस नेता सिंह अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । 

मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिए । 

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार÷पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना हुनुभएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए । रासस