काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को सम्पन्न १२ आंै युरोप क्षेत्रीय बैठकले नेपालमा लगानी प्रवद्र्धनलगायत विभिन्न विषयमा एक डेढ दर्जन निर्णय गरेको छ । नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरे पनि कार्यान्वयनमा आउन नसकेको भन्दै तत्काल कानुन बनाई कार्यान्वयन नेपाल सरकार तथा राजनीतिक दलहरूसँग माग गरेको छ । त्यस्तै गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको कानुनी रूपमा संरक्षण हुने व्यवस्था गर्न, नेपाली नागरिकको मौलिक अधिकार हनन नहुने गरी मौलिक अधिकारसँग बाझिएको व्यवस्था संशोधन गर्न, विदेशमा बसोबास गर्ने नेपाली नागरिकले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेकोले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेको छ ।
त्यस्तै, सबै गैरआवासीय नेपालीलाई भावानात्मकरूपमा एकबद्ध गर्न गैरआवासीय नेपाली ऐनमा गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर आवश्यक सुधार गर्न, वार्षिक २० लाख पर्यटक भिœयाउने उद्देश्यसहित सरकारले घोषणा गरिसकेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै यस अभियानमा होमिन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आहृवानसमेत गरेको छ । गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । बैठकमा मन्त्री, पर्यटन सचिव र नेपाल भ्रमण वर्षका संयोजकको सहभागितामा गैरआवासीय नेपालीबीच भिजिट नेपाल २०२० को औपचारिक सुरुवात गरिएको छ । स्पेनको म्याड्रिडमा बनाउन पहल गरिएको बुद्ध शान्ति पार्क योजना सफल बनाउन सहयोग गर्ने निर्णयसमेत गरिएको छ । नेपालको हवाइ कम्पनीलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपाली हवाई कम्पनीलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन सरकासँग आग्रह गरेको छ । त्यस्तै अत्यधिक मात्रामा पर्यटकहरू भिœयाउन युरोपस्थित नेपाली राजदूतावास तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिसँग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषद्लाई आग्रह गरेको छ । गत चैत १५ र १६ गते भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एनआरएएनले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उक्त कोष स्थापनाका लागि देखिएका कानुनी र प्रक्रियागत झन्झट हटाउन माग गरेको छ । युरोप क्षेत्रीय बैठकमा गैरआवासीय नेपालीको पहलमा सुरु गरिएका नमुना कृषि बजार, ठूलो खोला हाइड्रोलगायतका परियोजना प्रस्तुत गरिएको थियो । उल्लिखित परियाजनासहित कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा सामूहिक लगानी गर्न बैठकले आव्हन गरेको छ ।
स्वदेश तथा विदेशमा उद्यमशीलतालगायत सम्पूर्ण क्षेत्रमा महिला सहभागिताको लागि गैरआवासीय नेपाली संघले जोड दिएको छ ।गैरआवासीय नेपाली संघ सञ्जालमा अत्याधिक मात्रामा दोस्रो र तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई आवद्ध गराउन जरुरी रहेको उल्लेख गर्दै युवा पुस्तालाई अभियानमा सक्रिय बनाउने चुनौतीलाई सामना गर्न युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषदलाई आव्हन गरेको छ । नेपालको भाषा संस्कृतिलाई जोगाइ राख्न गैरआवासीय नेपालीका सन्तानलाई नेपालको भाषा, लिपी, संस्कार, संस्कृति सिकाउने कार्य गर्न पनि राष्ट्रिय परिषद्लाई आग्रह गरेको छ ।
त्यस्तै माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदूतावास स्थापना गर्न, नेपालमा कूटनीतिक नियोग भएका युरेपियन युनियन (इयू) का मुलुकले युरोपमा बसेका नेपालीहरूको पारिवारिक विवरण बुझ्नुपरेमा नेपाल सरकारका निकायमार्फत वा नेपालको सुरक्षा निकायसहित मात्र आउने व्यवस्था गर्न आग्रह गरेको छ । एनआरएनएले बाढीपीडितको सहयोगको लागि गैरआवासीय नेपाली संघकातर्फबाट प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । गैरआवासीय नेपाली दिवस २०१९ को अवसर पारेर आगामी अक्टोबर–१३ देखि १६ मा काठमाडौंमा हुने ९ औँ विश्व सम्मेलन तथा अन्तरा्िष्ट्रय महाधिवेशन सफल पार्न सबै राष्ट्रिय समन्वय परिषद्लाई आहृवान गरेको छ । साथै गैरआवासीय नेपाली संघ भूपु गोर्खाले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जनाउँदै कुटनीतिक माध्यमबाट सम्बोधन गर्न सरकारसँगसमेत गरेको छ । एनआरएनए बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, एनआरएनए अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरू जीवा लामिछाने, शेष घले, रामप्रताप थापा, युरोपस्थित नेपाली राजदूत, संस्कृति पर्यटन र नागरिक उड्यन सचिव मोहनकृष्ण सापकोटा, प्रदेश १ का सांसद बसन्त बानियाँ, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, होटल एसोसिएसन नेपालका अध्यक्ष सिर्जना राणालगायत ३५० भन्दा बढीको सहभागिता रहेको एनआरएनएका महासविच डा. बद्री केसीले जानकारी दिएका छन् ।



















