काठमाडौं । ग्लोबल टी–२० क्यानडा क्रिकेटको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सुधारिएको प्रदर्शन गर्दा उनको टोली टोरन्टो नेसनल्सले मोन्टोरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोरन्टोबाट सन्दीपले ४ ओभर बलिङ गर्दै २८ रनमात्रै खर्चेर १ विकेट लिएका थिए । यसअघि आइतबार लिगमा पहिलो खेल खेलेका सन्दीपले ब्रिम्प्टोन वुल्भ्ससँग ४ ओभरमा ४४ रन खर्चेँदै १ विकेट लिएका थिए । सन्दीपलगायत टोरन्टोका बलरहरूको उत्कृष्ट प्रदर्शन गरेपछि मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनमात्रै बनाउन सकेको थियो । मोन्ट्रियलकाइल कोएट्जरले २६ रन बनाए । त्यसबाहेक डिलोन हेलिगरले १८ तथा थिसरा परेराले १७ बाहेक अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
जवाफमा टोरन्टोले १७ दशमवल ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य परा ग¥यो । चिराग सुरीले ५२ रनको अर्धशकीय पारी खेल्दै टोलीलाई जिताएका थिए । यस्तै क्रिस ग्रीनले ३० रन जोडे । जितपछि चौथो स्थानको टोरन्टोले ५ खेलबाट ४ अंक जोडेको छ । तेस्रो स्थानको मोन्ट्रियलको ५ अंक छ । सन्दीपले म्याथु हेनरी क्रसलाई ९ रनमा खेलिरहँदा एलबिडब्लुको धरापमा पारेका थिए । सन्दीपलाई यस सिजनका लागि टोरन्टोले ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।




















