हेग लगे विश्वकै हिरो हुन्छु : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्रा्ष्ट्रिय अदालत) लगे आफू झन विश्वकै हिरो हुने दाबी गरेका छन् । 

सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । 

उनले भने, ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ’ उनले भने ।

आफूलाई हेगमा लैजाने एकदिन भएपनि जेलमा हाल्ने भन्नेहरु  परिवर्तन नचाहनेहरुको भएको उनको भनाइ थियो । परिवर्तन नचाहानेहरुको डिजाइनमा यस्तो कुरा आएको उनको आरोप थियो ।

दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने बताउँदै उनले भने, ‘क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम हो, जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक हुँदैन ।’

विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले ढिलो–छिटो विप्लव पनि नेकपामै आउनुपर्छ या त सिद्धिनपर्छ, भने ।

विप्लव समूहले थालेको संघर्ष सफल नहुने उनको दाबी थियो ।