क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले आफ्नो उद्योग तथा उत्पादन (मैन्युफ्याक्चरिङ) क्षेत्रमा विदेशी कामदारमाथिको निर्भरतालाई क्रमिक रूपमा घटाउने रणनीति अघि सारेको छ।
हालै लगानी, व्यापार तथा उद्योग मन्त्री (MITI) दातुक सेरी जोहारी अब्दुल गनीले मलेशियाली रोजगारदाताहरूलाई नयाँ लगानीका क्षेत्रमा विदेशी श्रमिक वा म्यानुअल श्रममा भर नपर्न आग्रह गर्नुभएको छ।
सरकारको नयाँ नीति अनुसार अब विदेशी कामदारहरूलाई केवल ‘३डी’ अर्थात् खतरनाक (Dangerous), कठिन (Difficult) र फोहोर (Dirty) प्रकृतिका रैथाने कामहरूमा मात्र सीमित राखिनेछ। देशमा हाल करिब २६ लाख दर्ता भएका विदेशी श्रमिकहरू कार्यरत रहेको अवस्थामा मलेसिया सरकारले यो ठूलो कदम चालेको हो।
उत्पादन क्षेत्रलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउनका लागि कम्पनीहरूलाई स्वचालन (Automation) र डिजिटलाइजेसन तर्फ जान प्रोत्साहन गरिएको छ। यो कदमबाट विदेशी श्रमको कटौती हुनुका साथै मलेसियाका आफ्नै प्राविधिक तथा व्यावसायिक (TVET) स्नातकहरूले स्वदेशमै उच्च पारिश्रमिक र गुणस्तरीय रोजगारीका अवसरहरू पाउने विश्वास लिइएको छ।




















