मलेसियाको इमिग्रेशनद्वारा अक्टोबर ३१ सम्ममा कुल ९ करोड १७ लाख ८० हजार रिंगिट संकलन।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभागले सन् २०२६ को जनवरी १ देखि अक्टोबर ३१ सम्मको अवधिमा अध्यागमन नियम उल्लंघन गर्नेहरूबाट कुल ९ करोड १७ लाख ८० हजार रिंगिट (RM91.78 million) ज’रिवाना संकलन गरेको छ।

मलेसियाका गृह मन्त्री दातुक श्री सैफुद्दीन नासुशन इस्माइलका अनुसार, यो का’रबाही मलेसियामा गै’रकानुनी रूपमा बसोबास गर्ने र काम गर्ने विदेशी नागरिकहरूका साथै नियमविपरीत विदेशी कामदार राख्ने रोजगारदाताहरूमाथि केन्द्रित रहेको थियो।

देशको सुरक्षा र कानुनी प्रणालीलाई सुदृढ बनाउन अध्यागमन विभागले आफ्नो संयन्त्रलाई तीव्र रूपमा परिचालन गरिरहेको उनले स्पष्ट पारेका छन्। यस संकलित ज’रिवाना रकममध्ये आधाभन्दा बढी हिस्सा अर्थात् ५ करोड ४ लाख रिंगिट अ’वैध रूपमा विदेशी कामदार राख्ने २ हजार ४ सय ५९ जना रोजगारदाताहरूबाट उठाइएको छ।

बाँकी ४ करोड १७ लाख ४० हजार रिंगिट भने नियम उल्लंघन गर्ने २९ हजार ५ सय ९३ जना विदेशी कामदारहरूबाट असुल गरिएको गृह मन्त्रालयले जनाएको छ। अध्यागमनको यो कडा कदमले मलेसियामा कार्यरत विदेशी कामदारहरूलाई सधैँ वैध कागजात र श्रम अनुमति पत्र (Work Permit) साथमा राख्न तथा स्थानीय कानुनी प्रक्रियाको पूर्ण पालना गर्न सचेत गराएको छ।