पाकिस्तानप्रति उदार बन्दै अमेरिका

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिकाको भ्रमणका क्रममा आफू कश्मिर मुद्दामा मध्यस्थता गर्न तयार रहेको बताए । ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय अगाडिको भेटका क्रममा आफूलाई कश्मिर मुद्दामा मध्यस्थता गर्न आग्रह गरेको दाबीसमेत गरे । योसँगै ट्रम्पले ‘यदि आफूले सहयोग गर्न सकेँ भने मध्यस्थ बनेर खुशी हुन्छ’, भने । 

भारत सरकारले प्रधानमन्त्री मोदीका तर्फबाट कश्मिर मुद्दाका विषयमा कुनै प्रकारको आग्रह गरेको दाबीलाई खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विट गर्दै भनेका छन्, ‘हामीले राष्ट्रपति ट्रम्पको भनाइ सञ्चारमाध्यममा देखेका हौं । यदि भारत र पाकिस्तानले यसको मागको अवस्थमा ट्रम्प कश्मिर मुद्दामा मध्यस्थ गर्न तयार छन् । प्रधानमन्त्री मोदीले यस्तो कुनै प्रस्ताव राष्ट्रपति ट्रम्पसँग गर्नु भएको छैन ।’

उनले अगाडि भने, ‘भारतले लगतार रूपमा यो विषयमा पाकिस्तानसँग सबै विषयमा द्विपक्षीय वार्ता हुनुपर्छ भनेर अडान राख्दै आएको छ । पाकिस्तानसँग वार्ताका लागि पहिलो शर्त सीमा पारि हुने आतंवाद अन्त्य हुनुपर्छ ।’ त्यसपछि अमेरिकी विदेश मन्त्रालयले आफ्नो ट्विटमा भनेको छ, ‘कश्मिर दुवै देशको द्विपक्षीय मुद्दा हो, ट्रम्प प्रशासन पाकिस्तान र भारतसँग यो मुद्दामा सहयोग गर्न तयार छ ।’ तर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिर मुद्दामा मस्धस्थता गर्ने राष्ट्रपति ट्रम्पको प्रस्तावको स्वागत गरेका छन् । 

यस्तोमा अब के प्रश्न उठ्छ भने पाकिस्तान कश्मिर मुद्दालाई अन्तर्राष्ट्रिय मुद्दा बनाउन सफल भएको छ । जसका लागि उसले निकै वर्षदेखि कोशिश गर्दै आएको थियो । बीबीसी हिन्दीसँगको कुराकानीमा अमेरिकाका लागि भारतीय राजदूत रहिसकेका नवतेज रहनाले भनेका छन्, ‘पाकिस्तान आफ्नो कोशिशमा सफल भएको भन्न सकिँदैन । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई हाम्रा विदेशमन्त्री एस जयशंकरले संसदमा खण्डन गरिसक्नु भएको छ ।’ 

रहनाले विदेश मन्त्रालयका प्रवक्ताले पनि यसको खण्डन गरिसकेकाले यस्तो अवस्थामा एक पक्ष मध्यस्थता नै चाहँदैन भने यो मुद्दा कसरी अन्तर्राष्ट्रियकरण हुन्छ ? भनेर प्रश्न गरे । पाकिस्तानले राष्ट्रपति ट्रम्पले मस्धस्थता गर्ने प्रस्तावको स्वागत गरेको छ । तर यो जुन प्रस्ताव छ, त्यसमा वाशिंटनका तर्फबाट स्पष्टिकरण आइरहेको छ । अमेरिकाले भनेको छ– हामीलाई थाहा छ यो द्विपक्षीय मुद्दा हो । र, यो विषयमा हामी सहयोग गर्न तयार छौं । तर यो द्विपक्षीय मुद्दा हो ।’

उनले अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको समेत दाबी गरे । उनले भने, ‘अमेरिकी कंग्रेसका सदस्यका तर्फबाट पनि स्पष्टीकरणर आएको छ । संसदको फरेन अफेयर्स कमिटीका प्रमुखले हाम्रा राजदूतसँग कुरा गरेर स्पष्ट पारेका छन् की यो मुद्दालाई लिएर अमेरिकी नीतिमा कुनै परिवर्तन आएको छैन ।’ रहना त अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यशैलीमा प्रश्न उठाउँछन् ।

भारतीय कूटनीतिज्ञले आफ्नो दाबीमा कश्मीर मुद्दालाई लिएर अमेरिकाले नीति परिवर्तन नगरेको बताए पनि अमेरिकाले पाकिस्तानलाई रोकिएको आर्थिक र सैन्य सहयोग फेरि सुरु गर्ने वचन दिएको बताएका छन् । हृवाइट हाउसमा इमरान र ट्रम्पबीच निकै सौहार्दपूर्ण वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगान युद्धका विषयमा अमेरिका र पाकिस्तान रहेको फरक बुझाईलाई इमरान खानको भ्रमण वासिंटनलाई स्पष्ट पार्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।