वडाध्यक्षले लगाएको ताला सहमतिपछि ताला खुला

पोखरा । पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वा्चित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ ।

काङ्ग्रेसबाट निर्वा्चित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

बुधबारको नगरसभा बैठकमा काङ्ग्रेसबाट निर्वा्चित वडा अध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रातो किताब च्यातेका थिए ।

आफूहरूको मागका सम्बन्धमा महानगर प्रमुख मानबहादुर जिसीले बार्तामा बोलाउनुभएको र नसमेटिएका योजना समेट्ने सहमति भएपछि ताला खोलिएको वडा अध्यक्ष लामिछानेले बताए ।

महानगरले रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ जसमध्ये ३६ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा छुट्याइएको छ ।