स्मार्ट पार्किङ आम जनतालाई सहज भएपनि व्यवसायीलाई शुल्कको पिडा

काठमाडौं । काठमाडौं महानगरले असार १ देखि  विभिन्न क्षेत्रमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ । न्युरोड लगायत विभिन्न स्थानमा राखिएको स्र्माट पार्किङ आम जनतालाई सहज भएको छ । तर, न्युरोड भित्र रोजगारी गर्ने र व्यवसायीलाई भने पार्किङ शुल्कले मर्कामा पारेको उनीहरुको दुखेसो छ ।

न्युरोड वरिपरी ५ स्थानमा बनाइएको स्र्माट पार्किको शुल्कले  कर्मचारी र व्यवसायीलाई  मर्कामा पारेको हो । स्मार्ट पार्किमा सवारी साधन राख्दा सुरक्षा त हुने भयो तर ५ मिनेट र एक घण्टाको पार्किङशुल्क पनि  २५ रुपैयाँ नै भएका कारणा आम मानिसलाई असहज भएको ललितपुरबाट विशाल बजारमा आफ्नै कामले आएका पूर्ण गोपाल भन्छन् – दुईपाङ्गग्रे पार्किङशुल्क एक घण्टा र ५ मिनेटको उत्ति नै रहेछ । समय अनुसारको शुल्क निर्धारण नभएको  उनको गुनासो थियो । तर, शुल्क तिरेर पनि सवारी साधनको सुरक्षा हुने भएकाले आफु स्मार्ट पार्किको सेवा प्रति खुसी भएको उनले बताए ।  

उनि भन्छन् मिनेट अनुसारको शुल्क लिएको भएमा अझ स्मार्ट पार्किको महत्व बढ्ने थियो । आम जनतालाई चित्त बुझ्दो हुने धारण व्यक्त गरे । शुल्क बढि लिएर पनि सवारी साधनको सुरक्षा हुने कुरामा अव ढुक्क हुने उनले बताए । 

त्यस्तै गरि न्युरोडको विशाल बजार नजिकै पसलमा काम गर्न आउने निता खड्का भने स्र्माट पार्किले आफुलाई समस्या परेको गुनासो छ । दैनिक काममको लागि आउनुपर्छ । जोरपाटी देखि कामको लागि जानुपर्ने हुँदा सवारी साधन विना जान ग्राहो हुन्छ । सवारी साधन लिएर आउँदा पार्किङगर्दा  ७ ÷८ घण्टा पार्किङगनुपर्छ । दैनिक २ सय भन्दा बढि पार्किङशुल्क लाग्न थालेको कारण पार्किको लागि चिन्ता हुन थालेको बताइन् ।  

उनका अनुसार  एकछिन पार्किगर्न पाउने व्यक्तिलाई सहज र उनिहरुको सवारी साधनको सुरक्षा भएपनि हामी सानासाना पसलमा काम गर्नेहरुको लागि भने ठुलो समस्या परेको गुनासो गरिन् । 

शुल्क कसरी लिइन्छ ?

विशाल बजार अगाडि पार्किङ सेवाको शुल्क उठाउँदै आएका  निरज परियार  स्मार्ट पार्किङमा दुईपांग्रे साधन राख्ने वित्तिकै पच्चिस रुपैंया लाग्छ ।  एक घण्टा २ मिनेट देखि १० मिनेट सम्म ४० रुपैंया र त्यहाँ भन्दा बढि भएमा ५० रुपैंया शुल्क लाग्ने उनले बताए । उनका अनुसार  दैनिक ३० हजार  देखि ५० हजार सम्म दैनिक शुल्क संकलन हुने गर्दछ ।  १ सय ५० बटा दुई पाङ्गग्रे साधन राख्ने स्थानमा उक्त रकम संकलन हुने उनले बताए । स्मार्ट पार्किङसञ्चालन भएदेखि अनलाई माध्यमबाटे बुकिङ्ग गरेर आउनेका संख्या भने निकै कम छ । १० दिनको अवधिमा हेर्ने हो भने २० सय जना जतिले मात्र अनलाई सिस्टमलाई फलो गरेको बताए । पार्किमा धेरै भिड हुने भनेको ३ बजे देखि ४ सम्मको समय अवधिमा मात्र धेरै भिड हुने गरेको धारण व्यक्त गरे । 

चारपांग्रेको कति शुल्क लाग्छ ?

त्यस्तै गरि धर्मपथमा चारपाङ्गगे सवारी साधन पार्किङ स्थल बनाइएको छ । ५०  वटा  चारपाङ्गे सवारी साधन राख्नको लागि बनाएको स्थालमा पनि पिडा उस्तै छ । पार्किङस्थलमा राख्न वित्तिकै पार्किङशुल्क ८० रुपैंया लाग्ने उक्त स्थानमा काम गर्दे आएका हिमाल तामाङ्गले बताए । उनका अनुसार १ घण्टा बराबरको ८० शुल्क हो भने एक घण्टा १० मिनेट  सम्म १२० लाग्छ भने दुई घण्टाको १ सय ६० रुपैंया शुल्क लाग्ने बताउँछन् । समय अनुसारको शुल्क पनि बढ्दै जान्छ । 

महानगर के भन्छ ? 

पाँच स्थानमा बनाएको स्मार्ट पार्किले मात्र न्युरोड एरियाको पार्किस्थल पुग्दैन । पार्किङजनताको लागि बनाइएको हो । व्यवसायी र कर्मचारीहरुले आफ्नो काम गर्ने भवन भित्र नै पार्किङगर्ने नियम बनाइएको छ ।  व्यवसायी र न्युरोडमा काम गर्ने व्यक्तिहरुलाई ७ ÷८ घण्टा पार्किङगर्न स्मार्ट पार्किङबनाएको होइन । व्युरोडमा आफ्नो काम विशेष र घुम्न आउनेहरुको सहजताको लागि  स्र्माट पार्किङबनाएको काठमाडौं महानगरपालिकाको प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । 

उनका अनुसार पार्किङस्थलबारे दुईपाङ्गग्रो तथा चारपाङ्गग्रो सवारी  एकछिनको लागि पार्किङगर्न आउने व्यक्तिहरुले गुनासो गरेका छैनन् । न्युरोड भित्र काम गर्ने र व्यवसायीहरुले मात्र पार्किङशुल्क महंगो भएको भन्ने गुनासोलाई महानगरले कुनै मान्यता नदिने बताए । उनका अनुसार यो व्यवस्था यात्रु तथा जनताको लागि राखिएको हो कुनै कार्यालयमा काम गर्ने र व्यवसायीहरुलाई विशेष सहयोगको लागि स्मार्ट पार्किङबनाएको होइन ।  

न्युरोड  भित्र धेरै भिड हुने भएका कारणले पार्किङशुल्क बढि राखिएको हो । केन्दविन्दुमा भएका कारणले कम मानिसहरुले मात्र पार्किङगरुन भन्ने उद्देश्यले बढि शुल्क राखिएको हो । अन्य बाहिर स्थानमा स्मार्ट पार्किङबनाउँदै जाँदा पार्किङशुल्क कम गर्दे लैजाने  छ । तीन तहको पार्किङस्थाल बनाउँदा केन्दविन्दुमा महंगो  अन्य स्थानमा कम हुँदै  अन्तिम चरणको पार्किमा भने निशुल्क पार्किङस्थल बनाउने महानगरको  योजना रहेको प्रवक्ता डंगोलको भनाइ छ । स्र्माट पार्किको मासिक रुपमा कम्पनीले नाफाको २५ प्रतिशत बुझाउने र मासिक रुपमा  कारोबार सहित नाफाको २५ प्रतिशत महानगरलाई कम्पनीले बुझाउने नियम बनाइएको महानगरको भनाइ छ ।