फिफा अध्यक्षमा फेरि इन्फन्टिनो

पेरिस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा पुनः गियनी इन्फन्टिनो निर्वाचित भएका छन् । पेरिसमा भएकोे साधारणसभाले पुनः ४९ वर्षीय इटालियन नागरिक इन्फन्टिनोलाई २०२३ सम्मका लागि अध्यक्षमा चुनेको हो ।

यसअघि २०१६ मा पहिलोपटक निर्वाचित भएका इन्फन्टिनो सर्वसम्मत रूपमा अध्यक्ष पदमा दोहोरिएका हुन् । पहिलो कार्यकालमा विश्वकप र क्लब विश्वकपमा टोली संख्या बढाउन उनको भूमिका महŒवपूर्ण रहृयो । २०२६ मा हुने फुटबल विश्वकपमा सहभागी हुने टोलीको संख्या ३२ बाट उनले पहिलो कार्यकालमा ४८ पु¥याएका थिए । २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ ।

कतारमा २०२२ मा हुने अर्को विश्वकपमा नै सहभागी टोलीको संख्या बढाउने इन्फान्टिनोको योजना भने गत महिना बसेको फिफाको बैठकमा पारित भएन । यस्तै यूरोपका शीर्ष क्लबहरूले क्लब विश्वकपको संख्या नबढाउन चेतावनी दिए पनि उनी टोलीको संख्या बढाउन सफल भएका थिए ।

२०१५ मा तत्कालीन अध्यक्ष सेप ब्लाटर भ्रष्टाचारमा मुछिएपछि नेतृत्वबाट हटेका थिए । त्यसपछि नेतृत्वमा आएका इन्फन्टिनोले दोस्रो कार्यकाल नेतृत्व पाएपछि राख्दै उनले फिफामा कसैले पनि भ्रष्टाचार र काण्डका बारेमा कुरा नगर्ने, केबल फुटबलका बारेमा मात्रै कुरा हुने बताए ।

‘कसैले पनि अचेल काण्ड र भ्रष्टाचारको कुरा गर्दैन,’ उनले भने, ‘हामी फुटबलको मात्रै कुरा गर्छौं । हामीले वातावरणमा परिवर्तन ल्याइसकेका छौं ।’ फिफा कांग्रेसमा नेपालका तर्फबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र उपाध्यक्ष वीरबहादुर खड्काले सहभागिता जनाएका थिए । इन्फान्टिनो पुनः अध्यक्षमा चुनिएपछि एन्फा प्रतिनिधिले उनलाई नेपाली ढाका टोपी लगाउँदै सम्मान गरेका थिए ।