काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई अगाडि बढाउन ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मेलम्चीका लागि सो रकम विनियोजन गरेका हुन ।
खानेपानी तथा सरसफाइका लागि मन्त्रीले ४३ अर्ब ४६ करोड रुपैयाँ छुट्टयाइएको छ । इटालियन ठेकेदार कम्पनीले बिचैमा काम छाडेर गएपछि मेलम्ची परियोजन अलपत्र परेको छ ।
मन्त्रिपरिषद बैठकले मेलम्चीको काम विशेष परिस्थिति अनुरुपको कानूनी आधारमा टेकेर अघि बढाउने निर्णय गरेको छ । इटालियन कम्पनी भागेपछि आयोजनाको काम विगत केहि महिनादेखि रोकिएको छ ।
सरकारले नीति तथा कार्यक्रममा नै एक वर्ष्भित्र मेलम्चीको पानी ल्याउने बताएको छ ।



















