काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण सदर चिडियाखानामा अहिलेसम्मकै धेरै व्यक्तिहरुले अवलोकन गरेका छन् । जुद्ध शमशेर जवराको पालादेखि सुरु भएको चिडियाखाना २०१९ सालपछि मात्र नेपाल सरकारले संरक्षण दिएको हो । २०१९ साल देखि अन्य व्यक्तिलाई प्रवेश गर्ने नियम बनाइएको थियो ।

सरिशा अछामी
चालु आर्थिक वर्षको अप्रिल अन्त्य सम्ममा ७ लाख ४८ हजारले चिडियाखाना अवलोकन गरेका छन् । जसमा नेपाली ४ लाख ८३ हजार ४९,विद्यार्थी ८८ हजार ३ सय ३२, बालबालिका १ लाख ६१ हजार र सिनियरमा १ लाख छन् भने, विदेशीतर्फ २ हजार,विदेशी बालबालिक ३ सय ९८, सार्क २ हजार ३ सय, सार्क बालबालिका ३ सय ५० ले अवलोकन गरेकाछन् । जसमा राजश्व पनि अप्रिल महिनाको अन्त्य सम्म ११ करोड २१ लाख १६ हजार ७० रहेको कोषको भनाई छ ।
सबैभन्दा कम अवलोकनकर्ता भुकम्प गएको वर्षमा थिए । तथ्याङ्गक अनुसार २०७१ /0७२ मा ९ लाख ८ हजार, २०७२ ÷७३ मा १० लाख २०७३ /0७४ मा ११ लाख र २०७४/06७५ मा ११ लाख ४२ हजार ८ सय २७ जनाले चिडियाखाना अवलोकन गरेका थिए । अवलोकन कर्ता संगै राजश्व पनि बढ्दै गएको छ । २०७३/0७४ मा १३ करोड ९७ लाख ७२ हजार ८७०, २०७४ /0७५ मा १४ करोड ४ लाख ४९ हजार ७८५ र चालु आर्थिक वर्षको अप्रिलको अन्त्यसम्म ११ करोड २१ लाख ९ हजार ५८० राजश्व संकलन भइरहेको छ । अप्रिलको अन्य सम्मको तथ्याङ्गलाई मुल्याङ्गकन गर्दा गत वर्षको तुलानामा अवलोकनकर्ता र राजश्व दुबैले तीव्रता पाएको छ । उक्त रकम टिकटको शुल्क बाट संकलन भएको राष्ट्रिय प्रकृती संरक्षण शिक्षा तथा सुचना अधिकारी लिना चालिसेले बताइन् ।
उनका अनुसार चिडियाखानामा अवलोकन गर्ने संख्या बढिरहेको छ । अप्रिलको अन्त्यसम्म ७ लाखले अवलोकन गरेको आधारमा यो वर्ष उच्च रहने अनुमान गरिएको हो । अन्य दिन भन्दा शनिबारको दिनमा धेरै अवलोकनको लागि आउने गरेको पाइन्छ । अन्य दिन १५ सय देखि २ हजारको हाराहारीमा हुन्छन् भने शनिबारको दिन र विद्यालयहरु छुट्टी भएको दिन करिव ३ हजार देखि लिएर १० हजार सम्म अवलोकनकर्ता आउने गरेको उनले बताईन् ।
सदर चिडियाखाना प्रवेश गर्नका लागि नेपाली नागरिक, सार्क मुलुकका नागरिक र विदेशी नागरिकलाई फरक फरक शुल्कमा प्रवेश गर्ने नियम छ । जसमा नेपाली नागरिक वयस्कलाई प्रतिव्यक्ति १ सय ५० रुपैयाँ, विद्यार्थीलाई ९०, बालबालिकालाई ५० र जेष्ठ नागरिक लाई पनि टिकट शुल्क ९० राखिएको छ ।
त्यस्तै सार्क, मुलुकका नागरिक वयस्क प्रतिव्यक्ति २ सय ५० र बालबालिकालाई १ सय २५ रुपैयाँ तोकिएको छ । विदेशी नागरिक वयस्कलाई ७ सय ५० र बालबालिकालाई ३ सय ७५ रुपैयाँ निर्धारण गरेको बताउँछिन् । उनि भन्छिन्– चिडियाखान यस्तो स्थान हो जहाँ सरकारले केही खर्च गर्नुपर्देन । यो कोष आफैमा निर्भर छ । तर,नियमहरु सरकारको अनुमतीमा मात्र चल्छ । चिडियाखानामा केही फेरबदल गर्नुपरेमा नेपाल सरकारबाट निर्णय गराउनुपर्छ ।
चिडियाखानामा कुनै जनावरहरु थपघट गर्नुपरेमा, प्रवेश शुल्क घटबढ गर्नुपरेमा खोरहरु नयाँ वा सार्नुपरेमा तुरुन्तै सरकारको निर्णयलाई पर्खिनुपर्छ । माथिको निर्णय अनुरुप मात्र काम गनुपर्ने बाध्यता रहेको उनि बताउँछिन् ।
१ सय १९ प्रजातिका जनावर तथा चराचुरङ्गी रहेको चिडियाखानामा १ हजार ८३ जीवजन्तुको बसोबास स्थान बनेको छ । जसमध्ये सबैभन्दा बढी चराका प्रजाति छन् । ५३ प्रजातिका चराहरु छन् । चराहरु मात्रै ७ सय १३ वटा बस्ने बताउँछिन् ।
चिडियाखाना सबै जीवजन्तु तथा चराहरुको लागि उपयुक्त बासस्थान नभएका कारण कतिपय जीवजन्तु तथा चरालाई अन्य राष्ट्रिय निकुञ्जलगायतका संरक्षित जंगलहरुमा सार्ने गरेको बताइन ।
उनले भनिन– चराचुङ्गीलगायतका सबै जीवजन्तुको आहाराको लागि प्रत्येक वर्ष १ करोड ९७ लाख खर्च हुने गर्छ । अन्य स्थानबाट उपचारको लागि पनि चिडियाखानामा ल्याउने गरेको कारण लगभग २ करोडको हाराहारीमा बार्षिक रुपमा खाना खर्च लाग्ने उनले बताइन ।
चिडियाखानामा राखेको जीवजन्तु तथा पशुपंक्षीहरुको लागि कुनै समस्या नहोस् भन्दै जीवजन्तुहरुको संरक्षणका लागि विज्ञहरु, भेटनरीका चिकित्सकहरुलाई चिडियाखानामा बसेर निरन्तर हेरविचार गर्ने व्यवस्था मिलाइएको उनि बताउँछिन् । चिडियाखाना ६ हेक्टर बराबरको जमिनमा मात्र भएको कारण साघुरो स्थानमा धेरै जीवजन्तुहरुलाई राख्न नसकेको बताईन भक्तपुरमा २ सय हेक्टर जमिनमा बन्न लागेको चिडियाखाना बन्नको लागि ढिलाई भएको कारण अन्य देशबाट अनुदान स्वरुप दिन लागेका जीवजन्तुलाई बासस्थान कमी भएको कारण लिन नसकेको गुनासो व्यक्त गरिन । ।



















