नेकपा निकट पत्रकारसँग धुम्बाराहीमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी निकट पत्रकारलाई बोलाएर मिडिया काउन्सिल सम्बन्धी विधेयकमाथि छलफल गरेको छ । 

पत्रकार महासंघ विधेयकका केही बुँदामा असन्तुष्टी जनाउँदै आन्दोलनमा रहेका बेला सत्तारुढ दलका नेताले पार्टी निकट पत्रकारसंग छलफल गरेका हुन् । 

आइतबार बिहानै नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई छलफलका लागि बोलाइएको थियो ।

छलफलमा पार्टीका तर्फबाट उपनेता सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, योगेश भट्टराई उपस्थित थिए भने केही पत्रकारको मात्र उपस्थिति रहेको थियो । 

छलफलमा संगठनका केन्द्रीय नेता महेश्वर दाहाल लगायतको उपस्थिति थियो ।