त्रिशुली बस दुर्घटना – मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

धादिङ । धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका चार जनाको सनाखत हुन सकेको छैन।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस आज विहान त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा घाईते भएकाहरु मध्ये केहीको काठमाडौंमा उपचार भइरहेको छ भने केहीको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।