विद्यालयको छानो हुरीले उडाउँदा ७ लाख बराबरको क्षति

बझाङ  । धुली आधारभुत बिद्यालयको छानो हावाहुरीले उडाएको छ । बिहीबार राति आएको हावाहुरी संगै परेको पानीले साईपाल गाँउपालिकामा रहको धुली आधारभुत बिद्यालयको छाना क्षति पुर्याउनका साथै विद्यालयको अफिस कोठामा रहेका कागज पत्र, कम्प्युटर, फोटोकपि मेसिनमा समेत क्षति पुगेको विद्यालयका प्रध्यानाध्यापक नवराज जोशी बताए ।

 बेलुका ४ बजे तिर आएको हावाहुरीले टिनले छाएको विद्यालयको छाना उडाउनका साथै अफिस कोठामा रहेको ५ थान कम्प्युटर, १ थान फोटोकपि मेसीन र अफिसका सबै कागज पत्र पानीले भिजानुका साथै कागज पत्र हावाहुरीले उडाएको थियो । 

हावाहुरीका कारण झण्डै ७ लाख बराबरको क्षति भएको विद्यालयका पध्यानाध्यपक जोशीले जानकारी दिए । साईपाल गाँउपालिका वडा नम्बर ४ मा पर्ने यस विद्यालयमा वडा नम्बर ५ बलौडीका समेत विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन । यस विद्यालयमा हाल झण्डै २५० विद्यार्थी रहेको प्रअ जोशीले बताए । राति हुरी आएका कारण मानविय क्षति भने नभएको उनले बताए । विद्यार्थी पढ्ने कक्षा कोठा समेत हावाहुरीले उडाउँदा आगामी दिनमा कक्षा संचालन गर्न निकै समस्या हुने उनको भनाइ छ ।