धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधीन क्रीकेट रंगशालालाई मलेसियाबाट आर्थिक सहयोग ।

तिलोचन गौतम क्वालालम्पुर मलेसिया मलेसियाको जाेहरबारु स्थित सेनाइ (vs company malesiya joharbaru)मा कार्यरत नेपाली युवाहरुले नेपालकाे खेल क्षेत्रकाे विकासका लागि धुर्मुस र सुन्तलीले चालेको कदमको प्रसम्सा गर्दै निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणकोलागि आर्थिक सहयोग गरेका छ्न \

जनस्तरबाट निर्माण हुनलागेको नेपालकै पहिलो ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि मलेसियाको जोहोरबारुमा रहेका नविन आचार्य, दिनेश केसी, कृष्ण ठकुरी, छबिलाल आचार्य, सन्देश लिम्बु, बिक्रम लिम्बु, निको तामाङ, बिक्रम थेवे, नविन तामाङ, रिशी मगर, सुमोध यादव, रुपेस कुमार लगायतका अभियान्ताहरुको नेतृत्वमा ९६ हजार ५ सय ४ रुपैंया आर्थिक सहयोग संकलन गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन ।

खेलाडी हरुको अन्तर्राष्ट्रिय खेलमा मनाेवल बढाउदै न्यून भाैतिक संरचना र लागत विनानै नेपाली खेलाडी हरु ले देखायकाे अासा ले खेलप्रेमि युवा हरु लाई निकै उत्साहित वनाएको र धुर्मुस सुन्तली फाउन्डेसन ले निर्माण गर्ने भयपछि सम्पूर्ण युवा मा उनिहरु काे विगत का केही वस्ति निर्माण कार्य हरु देखेर उनिहरु प्रति विश्वास वढेेकाे ले जनता काे लगानि मा निर्माण गर्ने भनेपछि देशभक्त खेल प्रेमि युवा भएको हैसियतले सयाेग गरेको सहयोग संकलन अभियानता नवीन आचार्यले बताए।