काठमाडौं । सर्वोच्च अदालतले पब्जी खेलमा तत्काल प्रतिबन्ध नलगाउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलाशले यस्तो आदेश दिएको हो ।
यसअघि सरकारले पब्जी खेलका कारण आत्महत्यासम्मका घटना हुन थालेपछि यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन हुने भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा वैशाख ३ गते रिट दायर गरेका थिए ।




















