धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राप्रपाको कार्यक्रममा प्रहरीको हस्तक्षेप

काठमाडौं । धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । 

काठमाडौं लगायत देशभरका धेरै स्थानमा राप्रपाले ब्यानर जलाउने कार्यक्रम गरेका थिए । काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।

कञ्चनपुर, संखुवासभा, मकवानपुर, म्याग्दी, रुपन्देही लगायतका जिल्लामा धर्म निरपेक्षता लेखेको  ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम भएको सो पार्टीले जनाएको छ । बाँकी जिल्लामा पनि कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

घोषित कार्यक्रमअनुसार आज सबै जिल्लामा धर्म्निरपेक्षताको ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम थियो ।

विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत आज ब्यानर जलाएको हो ।