एनसिएलको टोली र मार्की खेलाडी सार्वजनिक

मलायाखबर । साजन शर्मा

एन सि एल स्पोट्र्स प्रा लिले विराटनगरमा एनसिएल वोमन्स टि २० क्रिकेट लिग धनगढीमा जारी मुख्यमन्त्री कप र यसै महिना प्रदेश न ५ मा आयोजना हुने आठौ राष्ट्रिय खेलकुदका कारण चैत्र १ देखि ९ सम्मका लागि तय भएको क्रिकेट निर्धारित मितिमा हुन नसकेको जानकारी गराउदै राष्ट्रिय खेलकुद परिषद्सँगको समन्वयमा हामीले २०७६ बैशाख ७ देखि १४ गते सम्म प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा आयोजना गर्ने जानकारी दियेको छ ! क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीकोहरुको सहभागिता रहनेछ । प्रतियोगिता विराटनगरको बैज्यनाथ क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा हरेक फ्रेन्चाइज्ड टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्नेछन् ।

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरि थापा, करुणा भन्डारी चार अलग अलग टोलीको मार्की खेलाडीका रुपमा अनुबन्ध गरिएको छ ।

सहभागी टोलीका मालिकहरु अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस) , दीपक सुवेदी (भैरहवा क्विन्स), हरि खनाल (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहनुभएको जानकारी दिएको छ !

टोलीको खेलाडी छनोटका लागि केहि दिनमा अक्सन काठमाडौंमा गरिनेछ । प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ ।

अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहनेछ । बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले रु १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारका विषयमा आगमी दिनमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने जनायेको छ ! क्रिकेट लिगमा ४ टोली विराटनगर रोअरिङ्ग लायोनेस (Biratnagar Roaring Lioness), भैरहवा क्विन्स (Bhairahawa Queens), धनगढी वन्डर वोमेन (Dhangadhi Wonder Women), काठमाडौ सुपर च्याम्पियन्स (Kathmandu Super Champions) को सहभागिता रहनेछ ।