जन उद्वार केन्द्र मलेसिया द्वारा नवनियुक्त राजदुत पाण्डे लाई स्वागत।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

मलेसियाका लागि नबनियुक्त राजदूत उदयराज पान्डे लाई जन उद्वार केन्द्र मलेसियाले स्वागत गरेको छ ।

स्वागत कार्यक्रमको आज मार्छ १८- २०१९ आइतबारका दीन केन्द्रका अध्यक्ष केशु थापा, सचीव शंकर देव आचार्य र सदस्य हरु, कमल खड्का , रुद्र सापकोटा , अभिनास तामाङ्ग, निरा सेर्पा र रितु तामाङ्ग सहितको टोलि नेपाली राजदुतावासमै पुगेर स्वागत गरेका छ्न।

दूतावास को सभाहल मा गरिएको कार्यक्रम मा संस्था का अध्यक्ष लगाएतका सबै सदस्य हरुले नब राजदुत पान्डे लाई पुस्पगुच्छा र खादा ले स्वागत गरेका थिए।, उक्त कार्यक्रम मा जनउद्दार केन्द्र ले स्थापना काल देखि हाल सम्मको प्रगती विवरण सहित ज्ञापनपत्र बुझाईएको थियो ।

मलेसियामा नेपाली श्रमिक हरुको विभिन्न समस्या हरु र संस्थाको पहलमा भएका कार्यको समिक्षा गरि आगामी दिनहरुमा पनि दूतावास को विशेष सहयोगमा पिडित को उद्दार मा कुनै कसुर बाँकी नराखी निरन्तर कार्यगर्ने प्रतिबद्धता अध्यक्ष थापाले ब्यक्त गर्नुभएको थियो । सचीव आचार्य र सदस्य रुद्र सापकोटा ले पनि श्रमिक हरुका समस्या मा मन्तब्य राखेका थिए ।

कार्यक्रम कै बिच बोल्दै राजदुत पान्डेले जनउद्दार केन्द्रको कार्य बाट आफू निकै प्रभावित भएको र आगामी दिनहरुमा पनि अझै सक्रिय भएर विवाद रहित उत्कृष्ट कार्य गर्न्नको लागि शुभकामना दिदै आफुले आफ्नो पदको मर्यादा भित्र र नेपाल सरकार ले तोकेको दायरा बित्र रहि सहयोग गर्न तयार रहेको बताउदै आफ्नो स्वागत को लागि पेनाङ्ग देखिको दुरि बाट क्वालालम्पुर आएको जनउद्दार टिम लाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम मा कार्यबहाक राजदुत कुमार राज खरेल लगायत राजदुतावास का अन्य पदाधिकारी हरुको समेत उपस्थिती रहेको जन उद्वार केन्द्र मलेसियाका सचिब शंकर देब आचार्य ले जानकारी दिनुभयो।