काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि आज अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली त्रिभूवन विश्व विद्यालय शिक्षण्मा अस्पताल महराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका क्रममा आज बिहान १० बजे गएका थिए । अस्पतालका प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले दिउसो १ ः १५ बजे जारी गरेको विज्ञप्ति अनुसार नियमित स्वास्थ्य जाँचका लागि आएका प्रधानमन्त्री ओलीको थप परीक्षण गर्नु उपयुक्त देखिएकोले अब्जरभेसनमा राखिएको उल्लेख छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण डा.अरुण सायमीको संयोजकत्वमा भइरहेको अस्पतालले जनाएको छ ।


















