रेशम चौधरीलाई जम्मकैदको फैसलासँगै राजपा नेपालको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

टीकापुर घटनामा मुछिएका रेशम चौधरीलगायतलाई जन्मकैद सुनाएको फैसलाप्रति राष्ट्रिय जनता पार्टी(राजपा)ले आपत्ति जनाएको हो ।

कैलाली १ बाट निर्वा्चित सांसद रेशम चौधरीलाई जिल्ला अदालतले बुधवार दिउँसो जन्मकैदको फैसला गरेलगत्तै संयोजक राजेन्द्र महतोले पार्टीको आकस्मिक बैठक बोलाएका हुन्। स्रोतले राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने भन्ने बारे आजको बैठकमा छलफल हुनसक्ने बताएको छ ।

रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्ष गर्नसक्ने राजपाका नेताले बताए ।