नेपाल मगर साकृतिक संघ मलेसिया द्वारा ३७ औं मगर स्थापना दिवस भव्यताका साथ सम्पन्न !

साजन शर्मा, मलेसिया !

“मगर संघको ३७ अाैं स्थापना दिबस संसार भरी भब्यताका साथ मनाअाैं मगर गाउँ बस्तीहरुमा नेपाल मगर संघको बिस्तार गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर साकृतिक संघ मलेशियले ३७ औं मगर स्थापना दिवस ०३/०३/२०१९ मलेसियामा जोहोरबारु स्थित गोर्खा किचेन रेष्टुरेन्टमा मा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरिएको छ।

कार्यक्रमका सभापति नेपाल मगर संघ जोहोर क्षेत्रीय पुर्ब अध्यक्ष तथा नेपाल मगर सांस्कृतिक संघ बर्तमान अध्यक्ष श्री यम बलाल मगर,प्रमुख अतिथि नेपाल मगर संघ मलेसिया केन्द्रिय सदस्य श्री हिमाल थापा मगर,विशिष्ट अतिथि नेपाल मगर संघ जोहोर क्षेत्रीय बर्तमान सचिब श्री सुनिल थापा मगर आमन्त्रित अतिथिहरु NRNA जोहोर क्षेत्रीय सचिब श्री अर्जुन सिंह अनुरागी, किरात राई यायोक्खा क्षेत्रीय जोहोर अध्यक्ष श्री किशोर पुमा राइ, काभ्रे सेवा समाज क्षेत्रीय जोहोर अध्यक्ष श्री बिजय दोङ,जनजाती महासंघ क्षेत्रीय जोहोर काेषध्यक्ष सुश्री गंगा चाम्लिङ राई तथा सम्पुर्ण होटेल व्यावसायिहरु संगै धेरै दर्शकको उपस्थिति रहेको थियो।

 

सोही कार्यक्रम लाई सम्बोधन गर्दै स्वागत मन्त्ब्य बाट सुचारु गर्नु भएका नेपाल मगर सांस्कृतिक संघ मलेसियाका बर्तमान सल्लाहकार श्री प्रीतम बुढा मगर ज्यु ले मगर स्थापना दिवसको बारेमा बोल्दै प्रथम राजनीति बिद्रोह गर्ने यो देशका महावीर महा यो योद्दा नेपालका प्रथम सहिद लखन थापा मगर लगाएत नेपाल परिबर्तनका लागि खास-खास काल खण्ड क्रान्तिय आन्दोलन साहद्द प्रप्ता गर्नु ज्ञात अज्ञात हजारौं सहिद,नेपाल मगर संघ संस्थापक श्री हेम बहादुर पुन मगर ज्यु साथै आदरणीय नेता श्री गोरे बहादुर खवाङ्गि प्रती भाबपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो साथै

नेपाल मगर संघ मलेसिया र नेपाल मगर सांस्कृतिक संघ मलेसियाको तर्फबाट सुख शान्ति प्रगतिको कामना सहित आगामी दिनमा यो देश सबैको साझा बन्नु पर्छ।यो राज्य सबैको साझा बन्नु पर्छ यो देशमा सबैले बराबर अधिकार र अबसर पाउनु पर्छ संगै मगरात सहितको नयाँ नेपाल बन्नु पर्छ भन्ने अभियानता संगै सम्पुर्ण लाई नयाँ बिचार,नयाँ जोस,नयाँ उर्जा प्रदान गरोस भन्दै शुभकामना दिनु भएको थियो।

संगै राज्यका हरेक अङ्गमा जातिय जनसङ्याको अधारमा समानुपातिक समाबेशिको नीति लाई लागू गरियोस् भाषा,धर्म संस्कृति लाई संमान अधिकार दियोस संगै मगर हरुमा भएका प्रम्परागत प्रथा जन्य कानुन हरु लाई बर्तमान संविधानले बैध्द्दाता दियोस भन्दै आफ्नो कडा जोडदारका साथ माग राख्नु भएको थियोे।

संगै नेपाल मगर संघ केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि श्री हिमाल थापा मगर,नेपाल मगर संघ जोहोर क्षेत्रीय बर्तमान सचिब तथा विशिष्ट अतिथि श्री सुनिल थापा मगर,नेपाल मगर सांस्कृतिक संघ सचिब श्री वीर बहादुर पचभैया मगर,संगठन प्रमुख श्री रेबत कुमार आले मगर ,उपाध्यक्ष श्री एस.बि.मगर ज्यु ले आ-आफ्नो महत्त्वपूर्ण पुर्ण मन्तव्य राख्नु भएको थियोे संगैआमन्त्रित अतिथि ज्यु हरुले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

साथै सम्पुर्ण आयोजक परिवार आफ्नै भेषभुषा मा उपस्थित रहनु भएको थियो।संगै उपस्थित अतिथि पाहुना र दर्शक हरुलाई नेपाल मगर सांस्कृतिक संघ मलेसिया दोय सदस्य तथा गायक श्री बोम घर्ती मगर र श्री लोकेन्द्र सारु मगरले सालैजो गित मा छमछमि नचाउनु भएको थियोे सोही कार्यक्रम संचालन नेपाल मगर संघ जोहोर क्षेत्रीय सदस्य तथा नेपाल मगर सांस्कृतिक संघ मलेसियाका महासचिव श्री मिन बहादुर पुन मगर ले गर्नु भएको थियोे।

अन्तमा यस कार्यक्रम लाई सब्य अनि भब्य रुपमा सफल बनाउन उपस्थित अतिथि पाहुना दर्शकहरु लगाएत आ-आफ्नो प्रस्तुति दिनु हुने कलाकार भाइबहिनी हरु लाई धन्याबाद दिदै कलाकार भाइबहिनिहरु लाई खादा ओढाइ संमानका साथ सभापति श्री यमबलाल मगर ज्यु ले कार्यक्रम लाई समापन गर्नु भएको थियो।