काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ ।
बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ल्याइएको थियो ।
लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको हो । शव बोकेर ताप्लेजुङबाट उडेको हेलिकोप्टर सबा १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थलबाट शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । त्यसपछि मात्रै आफन्तलाई जिम्मा लगाइने छ।



















