जनद्वार केन्द्र र राजदुतावास मलेसियाको सहयोगमा समस्यामा परेका ४ श्रमिक स्वदेश फिर्ता ।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

जनद्वार केन्द्र मलेसिया र नेपाली राजदुतावास क्वालालम्पुर मलेसिया ले समस्यामा परेका ४ जना कामदार स्वदेश फिर्तागराएको छ ।

विभिन्न कारणले मलेसिया अध्यागमनको कामकारबाहीमा परि कसुर अनुसारको सजाय कटाई स्वदेश फर्कनकालागि घरफिर्ती केन्द्रमा आफन्तहरुसङ सम्पर्क नहुदा अलपत्र परेका,सारारीक मानसिक समस्या झेलिरहेका नेपाली कामदारहरुको उद्वार भएको हो।

मलेसियाको केडामा रहेको ब्लान्तिक डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र) बाट बुधबार ९ जना श्रमिक फिर्ता भएका हुन। स्वदेश फिर्ता हुनेहरुमा धनुषाका रञ्जित उमरा, जनकपुरका जन्झिर नदाब, बझाङका मानबहादुर बोहोरा र अर्का बझाङकै थप एक सहित फिर्ता भएका हुन । उनिहरु करिब एक बर्ष देखि कम समयावधि सम्मका घरफिर्ती केन्द्रमा अलपत्र परेका थिए ।

उनिहरुलाई बुधबार ७:१० मा मालिन्दो एयरलाइन्स बाट स्वदेश फर्किएका जनद्वार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाले जानकारी गराए।

अध्यक्ष थापाका अनुसार बिहीवार पेनाङको जुरु डिटेन्सन क्याम्प (घरफिर्ती केन्द्र )बाट बिहिवार थप ६ जना फिर्ता गराउने तयारी रहेको जानकारी दीए।