मन्त्री अधिकारीसहित ७ जनाको शव लिएर सेनाको हेलिकप्टर काठमाडौं तर्फ

ताप्लेजुङ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइने भएको हो । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको ज्यान गएको थियो ।

सेनाको हेलिकप्टरले त्रिभुवन विमानस्थलमा ल्याइएको शवलाई सुरुमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिने छ।

हिजो नै मन्त्री अधिकारीसहितको शव काठमाडौं ल्याउने तयारी भएपनि मौशममा आएको गडबडीका कारण ल्याउन सकिएको थिएन । आज मध्यान्ह मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरमा शव राखेर काठमाडौं पठाइएको हो ।

शव काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ।