मन्त्री अधिकारीका बुवाआमालाई काठमाडौं ल्याइयो

काठमाडौं ।  ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमालाई काठमाडौं ल्याइएको छ ।

छोरा अधिकारीको मृत्युपछि पोखरामा रहेका बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

मन्त्री अधिकारीका पत्नीसहित २ जना छोराहरू छन् ।