काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको अकस्मात भएको निधनप्रति नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुःख व्यक्त गरेका छन् ।
शर्माद्धारा जारी शोक विज्ञप्तिमा भनेका छन्– रवीन्द्र अधिकारी कुनैबेला अनेरास्ववियुको अध्यक्ष छंदा म नेपाल विद्यार्थी संघको सभापति थिए । दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथी उठाएर लोकतन्त्रका सवालमा सम्पुर्ण एकताको निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र म संगै रविन्द्रजीको सकृय भुमिका स्मरण गरिरहेको छु ।
राजनैतिक रूपमा मेरा आदरणीय साथी रवीन्द्र ब्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए। कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रवीन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर । उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मित्र रवीन्द्र संगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु ।


















