काठमाडौँ । नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले आज पनि सानेपामा प्रदर्शन गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयबाहिर असन्तुष्ट विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेविसंघको तदर्थ समिति गठन गर्दा ३२ वर्षमूनिको उमेर सूमहबाटै चयन गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्न विधी पद्धतिको लागु हुनुपर्ने भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
पार्टी नेतृत्वलाई ३२ वर्षे उमेरहद कायम गर्नका लागि दबाब दिन धर्ना गरिएको असन्तुष्ट समूहले बताएको छ । नेविसंघको तदर्थ समिति गठन गर्दा ३२ वर्षभन्दा माथिको नेतृत्व आउन हुन्न भन्दै उनीहरुले दबाब दिएका हुन् । नेताहरुलाई भेटेर ध्यानाकर्षण गराइरहेको भएपनि पार्टी सभापतिको मनोपोलिका प्रति आपत्ती जनाउँदै प्रदर्शन गरिएको विद्यार्थीको आरोप छ ।
नेविसंघ दुई पक्षबीच आइतबार भएको झडपका दोषीलाई कारबाही गर्न धर्नाकारीले माग गरेका छन् । धर्नामा निवर्तमान केन्द्रीय समितिका सदस्य एवं पदाधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।


















