धनगढी । जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेपछि महेन्द्रनगर युनाइटेड विजयी भएको छ ।
बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडँसगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो ।
योसँगै डीपीएलको उपाधिका लागि शनिबार फाइनल सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले उपाधि भिडन्त गर्ने छन् ।
खेलका लागि निर्धा्रित समयमा काठमाडौं गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका थिए । तोकिएको समयमा काठमाडौं गोल्डेन्स मैदान प्रवेश नगरेपछि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको हो ।



















