हिजो विश्व मातृभाषा दिवस मनाइयो । २१ फेब्रुअरी १९५२ मा ढाका (तत्कालीन पूर्वी पाकिस्तान र हाल बंगलादेशको राजधानी) मा बंगलालाई राष्ट्रभाषा बनाउनुपर्ने माग राख्दै भएको प्रदर्शनमा प्रहरीको गोलीले विद्यार्थीहरूले शहादत प्राप्त गरे । संयुक्त राष्ट्रसंघले सोही घटनाको स्मृतिमा प्रत्येक वर्ष २१ फेब्रुअरीलाई मातृभाषा दिवसको रूपमा मनाउँदै आएको छ । कुनै व्यक्तिले आफ्नोपनको सबैभन्दा बढी अनुभूति मातृभाषामै गर्न सक्छ ।
हाम्रो देशमा पनि मातृभाषाको बारेमा अनेकौं पटक महŒवपूर्ण निर्णयहरू भएका छन् तर कार्यान्वयन सन्तोषजनक छैन । मातृभाषाहरूको विकासले मात्रै नया“ नया“ कवि, लेखक एवं साहित्यकारहरू जन्मिन्छन् र हाम्रो राष्ट्रभाषा नेपालीलाई पनिसमृद्ध एवं व्यापक बनाउन सहयोगी भूमिका निर्वाह गर्न सक्छन् ।
नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त बहुभाषिक राष्ट्रको रूपमा स्वीकार गरिएको छ । वर्गीय, जातीय, धार्मिक, लैंगिक र भाषिक विभेद अन्त्य गर्ने कुरा संविधानमा छ । संविधानको धारा ३ मा राष्ट्रको परिभाषामा नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको रूपमा मान्यता दिइएको छ ।
धारा ७ (१) मा देवनागिरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ । धारा ७ (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेश सरकारहरूले आप्mनो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई प्रदेशको कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न सक्नेछन् भनिएको छ । धारा ७ (३) मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारद्वारा निर्णय गरिएअनुसार हुने व्यवस्था छ ।
मातृभाषामा शिक्षाको सम्बन्धमा पनि संविधानमा धेरै कुरा उल्लेख भएको पाइन्छ । संविधानको धारा ३१ (५) मा नेपालमा बसोबास गरिरहेका प्रत्येक नेपाली समुदायले कानुनअनुसार आफ्नो मातृभाषामा शिक्षा हासिल गर्न सक्नेछन् । यसको निम्ति विद्यालय तथा शैक्षिक संस्थान खोली सञ्चालन गर्न पाउने व्यवस्था छ । त्यसैगरी भाषा र संस्कृतिको हकअन्तर्गत धारा ३२ (१) मा प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो भाषा प्रयोग गर्न पाउने अधिकार प्राप्त हुनेछ । धारा ३२ (३) ले मा नेपालमा बसोबास गरिरहेका प्रत्येक नेपाली समुदायलाई आप्mनो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन एवं संरक्षण गर्न पाउने अधिकार दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउ“पालिका र नगरपालिकाको शिक्षासम्बन्धी अधिकारमा मातृभाषामा शिक्षा प्रदान गर्ने स्कुलको अनुमति, अनुगमन तथा नियमनका साथै भाषा संस्कृतिको संरक्षण एवं विकाससम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन तथा अनुगमन एवं नियमन गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी शिक्षा ऐन २०२८ (नवौं संशोधन २०७४) को दफा ७ को उपदफा १ (क) मा प्राथमिक शिक्षा मातृभाषामा प्रदान गर्न सकिने व्यवस्था छ । मातृभाषामा प्राथमिक शिक्षा दिन भने सकिएको छैन । यसलाई अनिवार्य नै गर्नुपर्छ ।
कुनै पनि व्यक्तिले आप्mनोपनको सबैभन्दा बढी अनुभूति मातृभाषामै गर्न सक्छ । हाम्रो देशमा मातृभाषाहरूको मान्यता र प्रयोग सम्बन्धमा संविधानमा र ऐनमा व्यवस्था भएको छ । जबसम्म मातृभाष संरक्षण र सम्बद्र्धनमा राज्यको भूमिका प्रभावकारी हु“दैन तबसम्म संविधान र कानुनमा भएको सार्थकता हुँदैन । मातृभाषाहरूको विकासले मात्रै हाम्रो राष्ट्रभाषा नेपालीलाई पनि समृद्ध र व्यापक बनाउन सहयोग पुग्छ ।
शिक्षाको ज्ञान राम्ररी सम्झाउने, बुझाउने अनेकौं सूत्र हुनसक्दन् । मातृभाषा त्यसमा सर्वोपरी हुन्छ । मातृभाषाका कथा, लोकगीत, गाउ“खाने कथा, कथन, पहेली यस्ता माध्यम हुन् जुन प्रत्यक्षरूपमा हाम्रो स्मृतिस“ग जोडिएका हुन्छन् । त्यसमा शक्ति हुन्छ । त्यसको बनोट पनि बेग्लै किसिमको हुने गर्छ । एउटा विशिष्ट सामाजिक एवं मनोवैज्ञानिक बनोट हुन्छ र जसमा समाजको अस्मिता पनि निहित हुन्छ ।
कुनै पीडा वर्णन गर्न कुनै मौलिक लेखक आफ्नो मातृभाषामा जति अनुकूल, तीब्र एवं तीक्ष्ण भएर व्यक्त हुन सक्छ अन्य भाषामा सक्दैन । आत्मअन्वेषणको गहिराइ जति मातृभाषामा हुन्छ, त्यति अर्को भाषाले हुँदैन । अर्को भाषामा पनि आफ्नो कुरा राख्न सकिन्छ तर मातृभाषा जति मार्मिक विचार सम्भव हु“दैन ।
शिक्षामा मातृभाषा प्रयोगबाट आप्mनो परिवेश तथा पर्यावरणको सहज बोध हुन्छ । समृद्धिको प्रक्रियामा बलियोपन आउ“छ, पृथकता अनुभूति हु“दैन । मातृभाषामा त्यो मौखिक लय प्रकट हुन्छ जो प्रवृत्ति एवं परिवेशस“गै सामाजिक संघर्षमा पनि प्रकट हुने गर्छ । त्यसमा साहित्य एवं संस्कृतिको सकारात्मक मानवीय जनतान्त्रिक तŒव पनि प्रकट हुन्छ । आप्mनो संस्कृतिको जरोमा पुगेर हामीलाई आत्मविश्वासको अनुभूति हुने गर्छ ।
उधारोमा लिएको भाषाले हाम्रो साहित्य–कला विकसित गर्न सक्दैन । वर्तमान अवस्थामा पश्चिमीकरणको प्रभाव चारैतिर छ । यसले हाम्रो मौलिकतामा ठूलो प्रहार गरिरहेको छ । मातृभाषामा आप्mनो माटोको सुगन्ध आउ“छ जुन विदेशी भाषामा सम्भव हुँदैन । मातृभाषा आप्mनो आमाबाबुबाट व्यक्तिले प्राप्त गर्ने भाषा हो ।
मातृभाषाले एउटा बेग्लै र आफ्नै सांस्कृतिक आचरण प्रदान गर्छ जुन कुनै अर्को भाषाबाट सम्भव हुँदैन । मातृभाषामा एउटा खास किसिमको तŒव जोडिएको हुन्छ जसले गर्दा त्यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरूको निम्ति निकै मार्मिक हुन जान्छ । यो प्रश्न इतिहास र संस्कृतिस“ग पनि जोडिएको हुन्छ, तसर्थ शिक्षामा यसको असीमित महŒव छ । संस्कृतिको अर्थ विश्वलाई केवल विम्बको रूपमा व्यक्त गर्नु होइन अपितु ती विम्बहरूमार्पmत व्यक्त संसारलाई नूतन शैलीबाट हेर्ने दृष्टिकोण विकसित गर्नु पनि हो ।
वर्तमान युगमा अंग्रेजीको बढ्दो प्रचारप्रसार एवं व्यापकताका कारण हामीलाई आफ्नो मातृभाषाप्रति हिनताको अनुभूति हुन सक्छ र हामी अर्को भाषाको प्रभुत्व बखान गर्न थाल्छौँ । फलस्वरूप हामी त्यस भाषासित बाँधिन जान्छौँ र आफ्नो मातृभाषालाई नै तिलाञ्जलि दिइरहेका हुन्छौँ । आफ्ना सन्तानले आफ्नो मातृभाषा बोल्न नजानेकोमा गर्व गर्ने आमाबाबुहरू यथार्थमा आपूmलाई नै कमजोर बनाइरहेका हुन्छन् । प्रत्येक व्यक्तिको मानसम्मान र पहिचान उसको मातृभूमि र मातृभाषामार्पmत नै भइरहेको हुन्छ । संस्कृति आफैँमा पनि इतिहास र अभिव्यक्तिको उत्पादन हो ।
मातृभाषाको आफ्नो छुट्टै तर विशेष पहिचान हुन्छ । मातृभाषाको मान्यता र महŒव रहेन भने हाम्रो संस्कृति पनि मासिँदै जान्छ । मातृभाषालाई शिक्षाको आधार बनाउँदा सामुदायिकतामा आबद्ध वर्ग, आफ्नो भाषा, साहित्य, धर्म, कला, नाटक, स्थापत्य मूल्य एवं एउटा यस्तो शिक्षा प्रणाली विकसित गर्नमा सफल हुनेछन् जसले इतिहास, संस्कृति र भूगोललाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्छ ।
नेपाल र भारत भाषिक विविधताले सम्पन्न देश हुन् । भारतमा हजारौं मातृभाषा सुरक्षित छन् । केही दशक पहिलेसम्म भारतमा अंग्रेज शासन हुँदा भाषाको माध्यमले भारतको एकीकरण गर्ने प्रयास गरिएको थियो । यसले गर्दा भारतमा अंग्रेजी भाषाको विस्तार निकै भएको छ । भारतमा हिन्दी भाषाले पनि उत्तिकै महŒव पाएको छ । भारतमा भाषाहरूको अवस्था निकै उत्साहजनक देख्न सकिन्छ ।
पश्चिम बंगालमा सबै कामकाज बंगलामै चल्छन्, मुम्बईमा मराठीको सर्वोच्चता छ । भारतमा आफ्नो अधिकांश मौलिकतासहित अनेक भाषाले समृद्धि प्राप्त गरिरहेको र अंग्रेजीले पनि सम्मान पाइरहेको देखिन्छ । भारतमा दर्जनौं मातृभाषाले सम्मानसहित संस्कृति जोगाइरहेका छन् । अन्य देशमा भने यो सम्मान यही रूपमा सबैले पाइरहेको वा सम्मान पाउने अवस्था नरहेको देखिन्छ । भारतमा भाषा र संस्कृतिले नै त्यहाँको संघीयता र राष्ट्रिय एकता बलियो बनाएका छन् ।
शिक्षा र संस्कृतिले वर्गीय असमानता समाजको आर्थिक जगमा व्यक्त गर्ने गर्दछ । वास्तवमा वर्गीय समाजमा दुई थरिको शिक्षाबीच संघर्ष हुने गर्छ । पहिलोमा त औपनिवेशिकताबाट ग्रसित सांस्कृतिक पक्षको निम्ति मातृभाषाको आवश्यकतै हु“दैन । उनीहरूले यस्तै भाषालाई रोक्छन् जसले तिनको वर्गीय हितको प्रतिनिधित्व गर्न सकून् । दोस्रोमा आप्mनै देश र समाजमा मातृभाषामा बोलेकै कारण सजाय एवं अपमान भोग्नेहरू छन् ।
मातृभाषाको माध्यम भन्नाले जनतासित प्रत्यक्ष सरोकारको माध्यम हो जसमा त्यस समुदायको सामाजिक एवं राजनीतिक आदर्श बोध भइरहेको हुन्छ । त्यसैले शिक्षामा यसको गहन महŒव छ । शिक्षाको मूल लक्ष्य नै त्यो सौन्दर्यबोध हो जसमा हाम्रा लोककथाहरू, हाम्रा सपना, विज्ञान एवं हाम्रा भविष्यको कामना निहित होस् । अन्य भाषाहरू अपनाउनु अथवा त्यसमा अभिव्यक्ति दिनु नराम्रो होइन । तर, हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव स्थापना मातृभाषामै सम्भव छ । मातृभाषा जीवन्त अभिव्यक्ति तथा शिक्षाको सुन्दर माध्यम हो । राजधानी काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय भाषा सम्मेलनले मातृभाषाको सम्बन्धमा जुन चिन्ता व्यक्त गरेको छ त्यसलाई जायजै मान्नुपर्छ ।



















