धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिएका छन् ।
यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विशेष कार्यकर्ता भेलालाई पनि उनले र कम्युनिष्ट पार्टी(नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले पनि सम्बोधन गर्ने नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।


















