अन्तर्राष्ट्रिय अदालत जान गंगामायाले तयार गरिन् राहदानी

काठमाडौँ । गोर्खा फुजेलकी गंगामाया अधिकारीले छोरा कृष्णप्रसादको मुद्दा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन भन्दै राहदानी बनाएकी छन्।

 गंगामायाले गत पुष १७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवदेन दर्ता गरेकी थिइन्।

राहदानी बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गंगामायाले  न्याय खोज्नका लागि अन्तर्रा्ष्ट्रिय समुदायसम्म पुग्ने बताइन्।

गोर्खा फुजेलकी ५८ वर्षीया अधिकारीका छोरा विसं २०६१ जेठ १४ गते छोरा कृष्णप्रसाद अधिकारीलाई मामाघर चितवन गएको बेला हत्या भएको थियो ।उनी गत जेठ १५ गतेदेखि छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशन बस्दै आएकी छन् ।

गत असारमा उनका छोराको हत्या आरोपित छविलाल पौडेल सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका थिए । छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारीको श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा विस २०७१ असोज ६ गते निधन भएको थियो ।