राष्ट्रिय हक्की लिग प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी सेमिफाइनलमा प्रवेश ।

साजन शर्मा ।

झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।
भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ० का विरुद्ध ३ गोलले पराजित थियो।

यसअघिको खेलमा प्रदेश ५ सङको जितेसँगै आर्मीले दुई खेलमा ६ अंक बटुलेर सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीको तर्फबाट राम साहले खेलको १४ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएक थिए, साहले खेलको ४९ औं मिनेटमा थप एक गोल गरेर खेल 2-0 ले अगाडि बढाएका थिए। त्यस्तै खेलको ३५ औं मिनेटमा देवसिंह धामीले गोल गरे। खेलको ‘म्यान अफ म्याच’ आर्मीका नरेन्द्र कार्की घोषित भएक थिए।
त्यस्तै आइतबार भएको अर्को खेलमा सुदुरपश्चिमले प्रदेश २ लाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गरेको छ। प्रदेश ७ का दीपकराज जोशीले १२ औं, शेरबहादुर चन्दले २४ औं र धिरेन्द्रबहादुर चन्दले १/१ गोल गरे। प्रदेश २ का तर्फबाट रेजा खानले ४६ औँ मिनेटमा एक गोल फर्काए। खेलको म्यान अफ द म्याच विजेता टिमका दीपकराज जोशी घोषित भए।
त्यसैगरी प्रदेश ३ र ५ बीचको खेल १/१ गोलले बराबरी भएको थियो। खेल बराबरीमा टुंगिएपछि दुवै टिमले १/ १ अंक बाँडे। प्रदेश ३ का तर्फबाट खेलको ९ औं मिनेटमा कुमार भट्टराईले गोल गर्दै टिमलाई अग्रता दिलाए। प्रदेश ३ जीत नजिक पुगिसकेको अवस्थामा अन्तिम समयमा प्रदेश ५ ले प्यानेल्टी सुट आउट पाए। प्यानल्टी सुट आउटलाई सदुपयोग गर्दै मंगल नेपालीले खेलको ५४ औ मिनेटमा गोल गर्दै खेल बराबरी गराए। खेलको म्यान अफ द म्याच प्रदेश ३ का योगेशकुमार थापा घोषित भए। यता प्रतियोगिता ‘ए’ समूहमा आर्मीपछि गण्डकी प्रदेशको ३ अंक रहेको छ भने प्रदेश ३ र ५ को १/१ अंक रहेको छ।


‘बी’ समूहमा प्रदेश ७ को ३ अंक, प्रदेश १ काे १ र २ नम्बर प्रदेशको १/१ अंक रहेको छ। सोमबार  प्रदेश १ ले सुदुरपश्चिमलाई पराजित गरे वा खेल बराबरी भएमा प्रदेश २ प्रतियोगिताबाट बाहिनेछ। उता ‘ए’ समूहमा गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्नलाई प्रदेश ५ लाई पराजित गर्नुपर्ने हुन्छ। राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेशबाहेक गण्डकी, सुदूरपश्चिमसहित ६ वटा प्रदेश र नेपाल आर्मीको एउटा विभागीय टिमले सहभागिता जनाएको छ।
२० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघका केन्द्रीय सचिव रञ्जन थापाले जानकारी दिए।