
सानै उमेर देखि गित सांगीतमा रमाउनु भएका नव गायिका सुजना रुम्बा यतिबेला निकै चर्चामा आएकी छन् । साथै रुम्बाको पहिलो “तिमी आयौ र पो यो जीवनमा” भन्ने गित ले धेरै दर्शकहरुको मन जित्न सफल भएको थियो ।
साथै उनको “चोखो माया गर्ने अनि बिश्वास गर्ने” बोलको दोस्रो गितले पनि निकै चर्चा पाएको थियो ।
पछिल्लो समयमा “ओई च्याङ्बा ओई च्याङ्बा” र अन्तिम रेकर्ड भएको गीत “लौन च्याङ्बाले पिरती लौ बन्छ” बोलको गीतले धेरै दर्शकहरूको मन जित्न सफल भएको छ ।
करिब सातवर्षदेखि संगीत क्षेत्रमा लागेकी उनी संगीतलाई करियर बनाउने मनस्थितिमा छिन् । गायिका रुम्बा मकवानपुर जिल्ला हेटौंडा नगरपालिका वडा न. १५ रातो माटेमा जन्म भैइ हाल काठमाण्डौ बानेश्वरमा बसोबास गर्दै आएकी छन भने सांगीतिक क्षेत्रमा निकै रुचि राख्ने चर्चित नव गायिका सुजना रुम्बा तामाङले आफ्नो सांगीतिक करियरलाई र आफ्नै ब्युटी पार्लर व्यवसाय लाई सँगसँगै अघि बढ्ने बताउनु हुन्छ ।

सांगीतिक यात्राको क्रममा तामाङहरुको महान चाड सोनाम ल्होछारको अवासरमा तामाङ समाज मलेसिया म्हारम्हेन्दो कलाकार संघ र तामाङ समाज पेनाङको संयुक्त आयोजनामा मलेसियाको क्वालालम्पुर स्थित होटेल एरिना स्टारमा भएको एक ल्होसार संस्कृतिक कार्यक्रममा दर्शक च्याङ्बाहरूलाई नचाउन सफल भएको थियो ।

















