दोलाखाली समाज मलेसियाले हात-गोडा गुमाएका कृष्ण लाइ मलेसिया आर्थिक संकलन अभियान गर्ने।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

दोलखाली युवा समाज मलेसियाले करेन्ट लागेर दुबै हात र एउटा खुट्टा गुमाएका कृष्ण ओलिका लागि मलेसियामा सहयोग संकलन गर्ने भएको छ ।

करेन्ट लागेर दुबैहात र एउटा खुट्टा समेत गुमेका कृष्ण ओलि लाई देश तथा बिदेश बाट आर्थिक सहयोग भैरहेको बेलामा उन्लाइ कृतिम हात गोडा लगाउन केहिहद सम्म सहयोग पुर्याउन सकिन्छ भन्ने उदेश्यले सहयोग संकलन गर्न थालेको दोलखाली समाज मलेसियाकि कोषाध्यक्ष सिर्जना कार्कीले बताइन् ।

हात गोडा गुमाएका ओलिको उपचार गर्दा धेरै ऋण लागेको छ । अझैसम्म पनि कृत्रिम हात गोडा लगाएर केही गर्नसक्ने बन्छु भन्ने उन्को आत्माबिस्वास लाई सम्मान गर्दै दोलखेली समाज मलेसियाले सहयोग गर्ने प्रण गरेको छ । मलेसियामा बसिरहनु भएका सहयोग गर्ने मन भएका मनका धनी हरुलाइ उनी माथी परेको यो बिपत्ति लाई थोरै हद सम्म बैसाखी टेकाउने सहयो पुर्याउन सकिन्छ भन्दै सहयोगकोलागि आभूवान समेत गरेको छ। सहयोग हरुलाइ मे बैंक को सिर्जना कार्की को (112214136039) यो एकाउन्ट नम्बर मा पठाइ सहयोग जम्मा गराउन सक्नुहुनेछ। सहयोग रकमको स्लिप 01161168919 यो नम्बरमा वाट्सव मार्फत या फेस्बुक म्यासेन्जर मार्फत पठाउन सक्ने कार्किले बताइन् ।