साजन शर्मा ! मलायाखबर

माघे सक्रान्ती को अबसर पारेर प्रबाशी थारु सेवा समाज क्षेत्रीय समिती पेनाङ मलेसियाले यहि आउदो जनवरी 20 आइतबारको दिन माघी (खिचडी) कार्यक्रम आयोजना गर्ने भएको छ ! यस्तै नेपालमा थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गरीन्छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ । माघिको अवसरमा ठाउ ठाउमा महोत्सव पनि आयोजना गरीएका छन।
यस्तै मगर समदायले पनि आज माघे सकराति मनाउँदैछन् ।विभिन्न मगर संघसंस्थाहरुले सामुहिक खानपिन र नाचगानलगायतका कार्यक्रम गर्दैछन् । तर मलेसियामा यो महोत्सव लाई आउने आइतबारका दिन मनाउने प्रबाशी थारु सेवा समाज क्षेत्रीय समिती पेनाङ मलेसियाका अध्यक्ष पर्शुराम चौधरी थारु ले बताउनु भयो ! उक्त कार्यक्रमका दिन विभिन्न थारु समुदायका परिकारहरु, घोगी, खिचरी, चिचर लगायतका थारु परिकारहरु समेत राखिने भएको छ साथै उक्त अबसरमा सम्पुर्ण थारु समाज लागयत अन्य संघ संस्था र नेपाली दाजुभाइ तथा दिदी बहिनी हरुलाई पनि उपस्तिथिको लागि अनुरोध गरिएको अध्यक्ष पर्शुराम चौधरी थारु ले बताउनु भयो !



















