क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा मलेसियामा बसोबास गरिरहनुभएका नेपाली समुदायले अघिल्ला वर्षहरूमा झैँ यस वर्ष पनि बुद्ध जयन्ती धुमधामले मनाउने तयारी थालेका छन्।
मलेसियास्थित नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ “एनआरएनए”, नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, शेर्पा संघ, थारु कल्याणकारिणी सभालगायत अन्य विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको छलफलपछि २५७०औँ बुद्ध जयन्ती कार्यक्रम मनाउन आयोजक समिति गठन गरिएको छ।
यही मार्च ८ र ९ तारिख बसेको बैठकले आउँदो मे महिनाको ३१ तारिखमा परेको बुद्ध जयन्ती कार्यक्रम नेपाली राजदूतावासको संरक्षणमा रहने गरी भव्य रूपमा मनाउने उद्देश्यसहित कार्यक्रम आयोजक समिति समेत गठन गरिएको छ।
बैठकले इन्द्र नारायण लिम्बुलाई बुद्ध जयन्ती कार्यक्रम संयोजकको जिम्मेवारी दिएको छ। समितिमा विपिन राई, पद्मराज लिम्बु, विनोद थापा, नेत्र केसी, टिकाराम अधिकारी, बालचन्द्र लिम्बुलगायत मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सदस्य रहने निर्णय गरिएको छ।
यसैगरी पूजा व्यवस्थापन समितिको जिम्मेवारी घेदुङ र शेर्पा संघ मलेसियालाई दिइएको छ भने आर्थिक समितिको संयोजकमा शिव थापा र सदस्यमा एलबि मगर रहने तय गरिएको छ। कार्यक्रम स्वयंसेवक संयोजकमा दील कुमार केरुङलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै कार्यक्रमको प्रचार–प्रसारका लागि सविनकुमार लोचन, मालाया खबरका घनश्याम चौधरी “आरएन”, राजेन्द्र घिमिरे, पल ठान्टी थाङ्मी, इन्द्रु बस्नेत क्षेत्री, रूपा थाङ्देन लिम्बू, बिन्दु दर्लामी मगर, सुमन विक, भिम लुहार र दिल कुमार मगरलगायतलाई जिम्मेवारी दिइएको छ।
बैठकमा नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत सुश्री मुदिता बज्राचार्य, प्रथम सचिव सुशील घिमिरे, नेत्र केसी, इन्द्रनारायण लिम्बु, पल ठान्टी थामी, सविनकुमार लोप्चन, राजेन्द्र घिमिरे, हिरालाल दयाल, शिव थापा, एलबी मगर, न्वाङनुरि शेर्पा, फुर्वा शेर्पा, दील कुमार केरुङ, प्रकाश चौधरी, दिल कुमार मगर, पदमराज लिम्बु, रूपा थाङ्देन, इन्दु बस्नेत क्षेत्री, विपिन राई, प्रमिला खड्का, विक्रम वाईबा तामाङ लगायतको उपस्थिति रहेको थियो।




















