समानुपातिकतर्फ १ करोड २ लाख ५२ हजार ६७६ मतगणना हुँदा रास्वपाको ५० लाख नजिक।

काठमाडौं := समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड २ लाख ५२ हजार हजार ६७६ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार हजार ७१४ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ५८८, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ६८७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ७९७, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७९७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २० मत प्राप्त गरेको छ ।