काठमाडौं := आगामि फागुन २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशत यो चलचित्रको मंगलबार सार्वजनिक टिजरमा एक युवतीले फुटबलर बन्ने सपना भेट्टाउन गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले अधिकांश समय लिएको टिजरमा उहाँले गरेको संघर्ष र कप्तानसम्मको यात्रा देखाइएको छ । सार्वजनिक टिजरमा एञ्जिलासँगै अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बालगायत कलाकार देखिनुभएको छ । दयाहाङ र सिर्जना एञ्जिलाको आमा-बुबाको भूमिकामा हुनुहुनछ । टिजरमा बुबा फुटबलर बन्ने छोरीको विपक्षमा र आमा पक्षमा देखिनुभएको छ ।
चलचित्रमा एञ्जिलासँगै दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माता प्रेमकुमार श्रेष्ठ तथा सह–निर्माता टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया हुनुहुन्छ ।
यस चलचित्रको भव्य वर्ल्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा भएको थियो भने हाल युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन्। यो चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ।
चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । सुदीप बरालको छायांकन चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ ।
पूरा टिजर भिडियो :