नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर जारी।

काठमाडौं := पूर्वउप्रधानमन्त्री समेत रहेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

गत बुधबारदेखि फरार रहेका रायमाझी प्रहरीलाई आफैं आउँछु भन्दै फरार भएका छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताउनु भयो ।